सहमतीको १७ औं बार्षिकोत्सव एवं २० औं साधारण सभा सम्पन्न

0

प्रेम क्षेत्री मंसिर ५, गैंडाकोट । सहमतीले नवलपुर जिल्लाको समग्र विकासका लागि नमूना नवलपुर जिल्ला विकास योजना परिकल्पना दस्तावेज २०७५ तयार गर्नुलाई महत्वपुर्ण उपलब्धीको रुपमा लिएको छ ।

सहमती गैंडाकोटको १७ औं बार्षिक उत्सव एवं २० औं साधारण सभामा सो कुरा जनाईएको हो । सहमती अध्यन्न केन्द्र गैंडाकोटमा आज भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुथरन वल्र्ड रिलिफका राष्ट्रिय निर्देशक किरण ओझाले सहमतिको सुदृढ पक्ष भनेको संस्थागत बिकास र सुशासन नै रहेको बताउनुभयो । उहाँले यसले समाजमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार संयोजक भिमप्रसाद शर्माले नगरपालिका, गाँउपालिका र जिल्ला स्तरमा भएका सम्भावनाका क्षेत्र सहमतिले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा उजागर गरेको बताउनुभयो ।

त्यस्तै संस्थाका पुर्व अध्यक्ष करुणासागर सुवेदीले आर्थिक, सामाजिक र बातावरणलाई मिलाउँदै अघि बढेमा दिगो विकास हुने बताउनुभयो ।

त्यस्तै संस्थाका निवर्तमान अध्यक्ष रत्नप्रसाद सापकोटाले द्धन्द्धकालिन अवस्थामा स्थापना भएको संस्थाले टिममा भएको एकताले नै सफलता प्राप्त गर्दै गएको बताउनुभयो ।

कार्यक्रममा सहज सामुदायिक अस्पतालका अध्यक्ष तिर्थराज रिमाल, सल्लाहकार सदस्य गोविन्दराज विनोदी, कमल सुवेदी, केशवप्रसाद सापकोटा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन तथा आगामी आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महासचिव नगेन्द्रप्रसाद रिजालले आर्थिक विकास र जिविकोपार्जन प्रवद्र्धन, सुशासन र पैरवी, वातावरण संरक्षण र विपद् जोखीम न्युनिकरणका विभिन्न योजना प्रस्तुत गर्नुभएको थियो ।

कोषाध्यक्ष बेलप्रसाद पौडेलले आर्थिक प्रतिवेदन एवं प्रस्तावित बजेट प्रस्तुत गर्नुभएको थियो । उहाँले बाÞय अनुदान ६ करोड, ५९ लाख, ६२ हजार ३४ रुपैंया र आन्तरिक स्रोततर्फ १ करोड ८९ लाख १९ हजार ६ सय ६३ रुपैयाँको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

सहमतीका अध्यक्ष होमनाथ सुवेदीले सहमतीले देशभरका १ लाख ६० हजार घरधुरीका १० लाख २० हजार जनसङ्ख्यालाई प्रत्यक्ष र परोक्ष रुपमा सेवा प्रदान गरेको बताउनुभयो ।

सो कार्यक्रममा वर्ष व्यक्तीत्वको रुपमा संस्थाका कोषाध्यक्ष बेलप्रसाद पौड्याल सम्मानित हुनु भएको थियो भने उत्कृष्ट कर्मचारीमा अनिषा बोटे, क्षितिजराज शर्मा, मान्सी कुमार हरीजन पुरस्कृत हुनुभएको थियो ।

समुदाय र मानवता विकासका लागि प्रतिवद्ध संस्था सहमती २०५८ सालमा स्थापना भएको थियो ।

Share.

Leave A Reply