सहज अस्पताल र नयाँ संसार पुनस्र्थापना केन्द्रवीच सम्झौता

0

डोलराज रानाभाट, २४ असार, गैडाकोट । नवलपुरको गैडाकोट ४ मा रहेको सहज अस्पताल र गैडाकोट ५ मा रहेको नयाँ संसार पुर्नस्थापना केन्द्रवीच सम्झौता भएको छ । पुर्नस्थापनामा भएका व्यक्तिहरुको नियमति स्वास्थ्य परीक्षण सहित परामर्श सेवा प्रवाह गर्नेगरी आज सम्झौता भएको हो ।

अस्पतालले सस्तो मुल्यमा सेवाकेन्द्रमा भएका व्यक्तिहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । सहज अस्पतालका अध्यक्ष तिर्थराज रिमाल र केन्द्रका निर्देशक सुदर्शन प्रसाद खरेलवीच सम्झौतापत्र एक आपसमा हस्तान्तरण सहित भोलिबाटै कार्यान्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सम्झौता अनुसार लागुपदार्थ दुर्वसनीबाट छुटकारा पाउन केन्द्रमा आए व्यक्तिहरुको परीक्षणका लागि छुट्टै कोठाको व्यवस्था गर्ने, फिजिसियन, मनोविज्ञान, ल्याव टेक्निसियन तथा नर्सहरु अस्पतालले उपलब्ध गराउने र ३० प्रतिशत छुट प्रदान गर्नुपर्ने लगायतका शर्तहरु रहेका छन् ।

सम्झौतासँगै अव केन्द्रमा आश्रीत व्यक्तिहरुले छिटो छरितो र प्रभावकारी स्वास्थ्य सेवा पाउने भएका छन् । केन्द्रका अध्यक्ष खरेलका अनुसार अहिले नवलपुरमा १८ देखि ३५ वर्षका युवाहरु लागुऔषधमा धेरै रहेको भन्दै धेरै पुरुष विवाहीत भएको र जसले गर्दा होपाटाइटीस, एचआइभी लगायतका रोगहरु सर्ने खतरा धेरै रहेको बताउनुभयो । अव अस्पतालसँगको सहकार्यपछि यि रोग अन्यलाई सर्ने खतरा कम गर्न सकिने र स्वयम विरामीलाई पनि राम्रो हेरचान गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।

Share.

Leave A Reply