सहज अस्पतालको नयाँ सेवा/मोवाइल एपबाट सवै स्वास्थ्य रेकर्ड हेर्न पाईने

0

डोलराज रानाभाट, १ बैशाख । सहज सामुदायिक अस्पताल गैडाकोटले सेवाग्राहीका लागि नयाँ सेवा सुरु गरेकोछ। बदलिदो प्रविधिसँगै अव विरामीहरुले आफ्नो रिपोर्ट मोवाईलमा हेर्न पाउनेछन् । अस्पतालले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सफ्टवेयरको आज शुभारम्भ गरेसँगै उक्त सेवाको सुरुवात भएको हो ।
नया वर्षको अवसर पारेर उक्त सेवाको सुरु गरिएको र अस्पतालमा विरामीले गराएको सम्पुर्ण स्वास्थ्य जाँचका रिपोर्टहरु मोवाई एप्प डाउनलोड गरि घरमै वसेर रिपोर्ट हेर्न सकिने अस्पतालका अध्यक्ष तिर्थराज रिमालले जानकारी दिनुभयो ।

यो सेवाको सुरुवातसँगै विरामीहरु लामो समय पर्खेर लाइनमा वसेर रिपोर्ट लिनुपर्ने वाध्यताबाट मुक्त हुने अस्पतालका व्यवस्थापक सागर पौडेलले जानकारी दिनुभयो । यसको प्रयोगबारे विरामीहरुलाई अस्पतालमा सिकाइनेछ । यसअघि मात्रै अस्पतालले वडानम्वर ४ का स्वास्थ्य समस्याहरु पहिचान गरि तीनको रोकथामका लागि सहज सामुदायिक समन्वय इकाइ समिति गठन गरेको थियो ।

Share.

Leave A Reply