सहकारी क्षेत्रमा नेपालमै पहिलो पटक विकूद्धारा एटिएम सेवाको शुभारम्भ

0

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी क्षेत्रमा नेपालमै पहिलो पटक एटिएम सेवाको शुभारम्भ गरेको छ । २७ औँ वार्षिकोत्सवका अवसरमा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सोमबारबाट सदस्य बिमा कार्यक्रमको शुरुवात, एटिएम सेवाको शुभारम्भ र ट्यावलेट बैकिङ सेवा शुभारम्भ गरेको हो । एससिटि नेटवर्कमा सञ्चालित एटिमबाट नेपाल भारत र भूटानका जुनसुकै स्थानबाट रकम निकाल्न सकिने भएको छ । सिद्धार्थ इन्सूरेन्स प्रालिसंगको सहकार्यमा सदस्य सुरक्षाअन्तर्गत सदस्य स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । दैनिक बचत संकलन कार्यलाई प्रविधिमैत्री बनाउन ट्याब्लेट बैँकिङ सेवा सुरु गरेको छ ।

नेपाल बचत तथा ऋण सहकारी संघ लिमिटेड नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले विकूले सुरु गरेका सेवा स्वागतयोग्य रहेको बताउनुभयो । जिवनमा स्वास्थ्यभन्दा ठूलो अरु केही नभएको भन्दै बस्नेतले विकूले सदस्य स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेकोमा धन्यवाद प्रकट गर्नुभयो । विकूको कार्यक्रम अघि विजय एफएफसंगको कुराकानीमा नेफ्स्कून अध्यक्ष बस्नेतले विकूको काम सबैका लागि अनुकरणयोग्य भएको बताउनुभयो ।

गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेलले गैँडाकोट नगरपालिकाबाट वितरण गर्दैआएको सामाजिक सुरक्षाभत्ता अब बिकूबाट उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । एक घर एक व्यक्ति व्यवसायिक कार्यक्रम सञ्चालनमा ल्याउन जोड दिनुभयो । आर्थिक समृद्धिको पाटो सहकारी भएकाले कृषि, पशुपालन र पर्यटनको क्षेत्रमा विकू बचतको ध्यान जाओस् भन्नुभएको छ ।

विकूका संस्थापक अध्यक्ष, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य तथा प्रवर्धकी संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष खेमराज सापकोटाले विकूले सदस्य सुरक्षामा विशेष जोड दिएर अघि बढ्नुपर्ने बताउनुभयो । व्यवसायिक तथा सिप विकास तालिम प्रशिक्षण केन्द्र बुटवलका प्रमुख बालकृष्ण पौडेलले विकूसंगको सहकार्यमा सदस्यहरुलाई व्यवसायिक सीप प्रदान गरिएको बताउँदै आगामी दिनमा अझ बढी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । डिभिजन सहकारी कार्यालय नवलपरासीका प्रमुख बुद्धप्रकाश पौडेलले बिकूको कार्यप्रगतिको प्रशंसा गर्नुभयो ।

जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णुप्रसाद पौडेलले विकू सबैका लागि उदाहरणीय रहेको बताउनुभयो । जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपरासीका अध्यक्ष माधवप्रसाद गौतमले शुभकामना मन्तव्य राख्नुभएको थियो । सेवा केन्द्रका तर्फबाट कालिगण्डकी सेवा केन्द्रका संयोजक एवं गैँडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटाले विकू कामधेनु गाई भएको बताउनुभयो । लेखातथा सुपरिवेक्षण संयोजक टिकाराम कंडेलले विकूको स्थापनाकालको स्मरण गर्दे आजको एटिएम सेवाको सुरुवातसम्म आइपुग्दा सदस्यमैत्री काम गरेको बताउनुभयो ।
कार्यक्रममा नेफ्रस्कूनका सञ्चालक भरतप्रसाद दवाडी, शान्ति अधिकारी, विकूका पूर्व अध्यक्ष इन्द्रराजज्योति पौडेल, विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष माधवप्रसाद पौडेल, विजय लघुवित्त वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्साल लगायतको उपस्थिति रहेको थियो ।

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सापकोटाले विकूले सदस्यहरुको हीतका लागि नयाँ र फरक तरिकाले सेवा प्रवाह गर्ने बताउनुभयो ।

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका हाल ३५ हजार सेयर सदस्य, १० वटा सेवा केन्द्र रहेका छन् । संस्थाको साढे २ अर्ब कूल पूँजी रहेको विकू बचत तथा ऋणसहकारी संस्था लिमिटेडका सचिव गोविन्द रिमालले बताउनुभयो ।

वार्षिकोत्सवलाई लक्षित गर्दै संस्थाले यसअघि नै दुई चरणमा माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता, खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको थियो ।

Share.

Leave A Reply