सहकारी अभियान्ता खेमराज सापकोटालाई राष्ट्रिय अग्रज ब्यक्तित्व सम्मान

0


प्रेम क्षेत्री, गैंडाकोट । विजय सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेड गैंडाकोटका संस्थापक अध्यक्ष एवं सहकारी अभियान्ता खेमराज सापकोटालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले सम्मान गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३१ औं स्थापना दिवसको अवसरमा सहकारी अभियानमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै राष्ट्रिय अग्रज ब्यक्तित्वको रुपमा सम्मान गरेको हो । गैंडाकोट ८ निवासी सापकोटाले २०४८ सालदेखी नै सहकारीमा योगदान पु¥याउँदै आउनुभएको छ ।

उहाँ विजय एफएमको सञ्चालक संस्था विजय सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, विकू बचत तथा ऋण सहकारी संस्था लि र सहकारी समन्वय मञ्च गैंडाकोटको संस्थापक अध्यक्ष भई निरन्तर सहकारी प्रर्वधनमा क्रियाशिल हुनुहुन्छ ।

त्यस्तै नेफ्स्कूनले प्रदेश स्तरिय उत्कृष्ट सदस्य संस्थाको रुपमा प्रदेश नम्बर ४ को नवलपरासी वर्दघाट सुस्ता पुर्व देवचुली प्रगतिनगरमा रहेको परोपकार बचत तथा ऋण सहकारी संस्थालाई सम्मान गरेको छ ।

सो अवसरमा नेफ्स्कूनले विभिन्न विधामा अन्य सस्ंथा तथा व्यक्तिलाई पनि सम्मान गरेको छ ।

Share.

Leave A Reply