सहकारीको दुई दिवशीय अन्तक्र्रिया गैंडाकोटमा सम्पन्न

0

गोविन्द रिमाल, असार १५ ।  गैंडाकोट नगरपालिकाभित्रका सहकारी व्यवस्थापक एवम् सञ्चालक समिति पदाधिकारीहरुबीच अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । गैंडाकोट नगर पालिकाका प्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेल सापकोटाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको जानकारी गैंडाकोट नगरपालिका सहकारी शाखा प्रमुख देवेन्द्र गौतमले दिनुभयो । सहकारी संस्थाका व्यवस्थापकहरुको लागि शनिबार र सञ्चालकहरुको लागि आइतबार अन्तक्र्रिया कार्यक्रम राखिएको थियो । परिर्विर्तत सन्दर्भमा सहकारी सञ्चालनको लागि जारी भएका नीति, नियम र कानुन तथा तथ्याङ्क अद्यावधिक गर्ने हिसाबले कार्यक्रमको आयोजना गरिएको हो । सहभागीहरुले नगर क्षेत्रभित्रका सहकारीहरु बीचमा सामूहिक भावनाको विकास गर्दै संस्थागत सुदृढीकरणमा नगरपालिकाको तर्फबाट ध्यान पु¥याउनु पर्ने, कृषि र सहकारी व्यवसाय प्रवर्धनलाई विशेष प्राथमिकतामा दिनुपर्ने, प्रविधिको प्रयोग र तालिमको खोजी एवम् सञ्चालन लगायतका कार्यक्रमहरुमा जोड दिनु पर्ने कुरा व्यक्त गरेका थिए । सो कार्यक्रम विजय विकास स्रोत केन्द्रको सभाहल गैंडाकोटमा सम्पन्न भएको हो ।

Share.

Leave A Reply