सहकारीकर्मीहरुका लागि एक हप्ते लेखा तालिम सुरु

0

गैडाकोट, २३ चैत्र । नवज्योति महिला वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवारबाट एकहप्ते लेखा तालिम कावासोतीमा शुरु भएको छ ।
सहकारी संस्थाका लेखा समितिका पदाधिकारीहरुलाई लक्षित गरी सञ्चालन गरिएको तालिमको कावासोती नगरपालिकाकी प्रमुख चन्द्रकुमारी पुनले उद्घाटन गर्नुभएको हो ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख पुनले सहकारीको मेरुदण्ड भनेको नै चुस्त र व्यवस्थित लेखा प्रणाली रहेको हुँदा लेखा समितिका पदाधिकारीहरुले लेखाको नियम बारे जानकार हुनुपर्ने वताउनुभयो । सहकारीले आर्थिक स्तर वलियो वनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नगरप्रमुख पुनले सहकारीको विकासमा आफूले सधै सहयोग गर्ने बताउनुभयो ।

संस्थाकी अध्यक्ष हिममायाँ तिमिल्सिना सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती वडा नं. ८ का कार्यवहाक अध्यक्ष देवी प्रसाद पौडेल , नवज्योति महिला वचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष सरिता लामिछाने, कावासोती सामाजिक उद्यमी महिला सहकारी संस्था की अध्यक्ष डिलाकुमारी शर्मा भट्टराई लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए भने संस्थाकी उपाध्यक्ष शान्ति लामिछानेले उपस्थितहरुलाई सवागत गर्नुभएको थियो ।

वडा नं. ८ को कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भएको कार्यक्रममा वडा भित्र रहेका आठ वटा सहकारीका ३० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई रचना वास्तोलाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

Share.

Leave A Reply