सल्यानमा चार थान भरुवा बन्दुकसहित तीन जना पक्राउ

0


बुद्धि पुन, रेडियो राप्ती, सल्यान
सल्यानमा अवैध हतियार सहित तीन जना पक्राउ परेका छन् । जिल्लाको कुमाख गाउँपालिका वडा नं ३ चिनाली बजारमा विभिन्न व्यक्तिको घर, बारी र झाडीमा लुकाई राखेको चार थान भरुवा बन्दुक, एक थान ब्यारेल, फलामका टुक्रा, छर्रा बरामद गरिएको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक भरतबहादुर विकल जानकारी दिनुभयो । घटनाको अनुसन्धानका लागि प्रहरीले कुमाख गाउँपालिका वडा नं.३ बस्ने ५० वर्षीय शेरबहादुर पुन, सोही ठाउँका ५२ वर्षीय छबिलाल चलाउने र ४५ वर्षीय मनबहादुर रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Share.

Leave A Reply