सलामी भित्रको “मेरो देशको शिर” / राष्ट्र भक्ति गीतमा श्रोता दर्शकको कम चासो ,स्रस्ठाको गुनासो

0

नबिन S सुबेदी, जेष्ठ ३१ ,गैडाकोट, |||

प्रबासमा बसेर पनि कलम चलाई रहने स्रस्ठा गीतकार नारायण कंडेलको सलामी भित्रको अर्को देश भक्ति गीत “मेरो देशको शिर” बजारमा आएको छ |

हामीले नगरे गर्ने हो कसले , आजै नगरे गर्ने हो कहिले लिएर एक मुठी धर्तिको माटो एउटा सपथ खानु छ मैले ….जस्ता शब्द मा सजिएको देशभक्ति पूर्ण गीतमा गीतकार नारायण कंडेलको शब्द रहेको छ |मेरो देशको शिर बोलको राष्ट्रिय गीतमा स्वोर , संगीत रमेश राज भट्टराई को रहेको छ |   जुन सुकै विधामा पनि गीत लेख्न सक्ने खुबी भएका ,हाल जापानमा रहनु भएका गीतकार कंडेल भन्नुहुन्छ :- राष्ट्र, राष्ट्रियता अनि स्वाभिमान आफ्नो शिर भन्दा पनि माथि हुन्छन्।त्यसैले त स्वाभिमान झुक्यो भने शिर उठ्ने सवाल नै रहन्न। हुन त देशको स्वाभिमान का खाँतिर त्यस्तो उल्लेख्य काम गर्न सकिएको छैन तरपनि प्रवासबाट देश सम्झदा सदैव पिरोलीरहन्छ र कहिलेकाँहि देशप्रेमका शब्दहरु निस्किन्छन जसलाई निकै मायाँ गरिदिनुभएको छ तेस्कालागी लागि श्रोता, दर्शक र शुभचिन्तकहरुलाई धन्यबाद दिन चाहन्छु |

तेस्तै जुन सुकै विधामा पनि गीत लेख्न सक्ने , गाउने ,अभिनय गर्ने खुबी भएका जता पनि फीट श्रोता दर्शक माझ हिट सफल सर्जक ,कुशल गायक रमेश राज भट्टराई भन्नु हुन्छ :- लाखौ खर्च गरेर देशका लागी गीत गायो गाउन मात्र हुन्छ किन कि राष्ट्रप्रेम भाव बोकेका गीत सुन्ने र हेर्ने फुर्सद कसैलाई हुदैन कस्तो हाम्रो क्षेत्र हे वरै नेपाली गीत संगीत भन्ने गुनासो रहेको छ |


मेरो देशको शिर नामक राष्ट्र भक्ति गीतमा महानायक राजेश हमालले अभिनय गर्नुभएको छ | यस राष्ट्र भक्तिगीतलाई लाइ क्यामरामेन उत्सब दाहाल र नबिन गुरुङले आफ्नो क्यामरा मा कैद गर्नु भएको हो भने निशान घिमिरेले सम्पादन गर्नु भएको हो | सफल गायक तथा निर्देशक सशान कंडेल ले निर्देशन गरेको “मेरो देशको शिर”राष्ट्र भक्ति गीतलाई आशिष म्युजीक ले बजारमा ल्याएको हो |

राष्ट्र भक्ति गीत पनि नेपाली गीतनै हो यसलाई पनि सबै नेपालिले सुन्ने र हेर्ने बानि गर्नु पर्दछ ताकी स्रस्ठाहरुलाई अरु रास्ट्रिय गीत निकाल्न हौसला प्रदान होस् भन्दै गीतको सफलताको शुभकामना |

Share.

Leave A Reply

  • सम्पादन मण्डल

    प्रधानसम्पादक : ध्रुवमणि पौडेल
    सम्पादक : श्रीधर उपाध्याय
    सहसम्पादक : प्रेम क्षेत्री
    सम्बादाता : लक्ष्मी पौडेल
    : हिमा अर्याल
    : सरु चापागाईं
    : राजन खरेल (नवलपुर)
    : राजकुमार दरै (चितवन)
    प्रशासन : इश्वरी प्रसाद चापागाईं
    बजार : रुपा गिरि ( ९८५५०६३८०२)

  • FIND US ON FACEBOOK

Copyright © 2016 Vijaya FM 101.6 MHz | All Rights Reserved. Powered by Hamro Patro