सर्वस्वीकार्यता बढाएर चुनाव गराउने योजनामा छु ः प्रधानमन्त्री देउवा

0

काठमाडाँै, २६ जेष्ठ । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सर्वस्वीकार्यता बढाएर स्थानीय तहको दोस्रो चरणको निर्वाचन गराउने योजनामा सरकार रहेको बताउनुभएको छ । व्यवस्थापिका–संसदको शुक्रबार आजको बैठकमा विशेष समय लिएर बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि प्रमुख प्रतिपक्षी दलकोसमेत सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाइने वचनबद्धता प्रकट गर्नुभएको छ । प्रधानमन्त्री देउवाले भरतपुरको निर्वाचनको विषयमा निर्वाचन आयोगले लिएको निर्णय र यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकोसमेतलाई सबै दलले सोही आधारमा बुझ्ने र लिनुपर्ने बताउनुभयो । आफू सधैं समावेशी समानुपातिक प्रतिनिधित्वको पक्षमा रहँदै आएको र सोही पक्षमा अनवरत संघर्ष गर्दै आएको स्पस्ट पार्दै प्रधानमन्त्री देउवाले संविधानले प्रत्याभूत गरेको विषयमा आफू प्रस्ट रहेको बताउनुभयो । व्यवस्थापिका–संसदको अर्को बैठक यही जेठ २८ गते आइतबार १.०० बजे बस्नेछ ।

Share.

Leave A Reply