सरस्वती प्राथमिक बिद्यालय परिसरमा बृक्षारोपण

0

गैंडाकोट । पुर्वी नवलपरासीको गैंडाकोट ५ मा लायन्स क्लब अफ मौलाकालीका ग्रिनले बिहिबार बिहान सरस्वती प्राथमिक बिद्यालय परिसरमा बृक्षारोपण गरेको छ ।

एओजी एमजेएफ लायन कृष्ण पाण्डेको प्रमुख आतिथ्यतामा भएको बृक्षारोपण कार्यक्रममा बिद्यालय परिसरमा धुपी, निम, फलफुल, लगायतका बिरुवा रोपीएको हो । कार्यक्रममा बोल्दै प्रमुख अथिति पाण्डेले बिरुवा रोप्नु संगसंगै संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । बिद्यालयमा हरियाली बाताबरण बनाउन र बाताबरणमैत्री बिद्यालय बन्न सहयोग पुगोस भन्ने हेतुले बिद्यालयमा बृक्षारोपण गरिएको क्लबकी अध्यक्ष शान्ति न्यौपानेले बताउनुभयो ।

बृक्षारोपण कार्यक्रममा डिस्ट्रिक चिफ राजेन्द्र उपाध्याय, गैंडाकोट वडा नम्बर ५ का वडाध्यक्ष नवराज कंडेल, गैंडाकोट नगरपालिकाका प्रशासकिय अधिकृत लिलाधर शर्मा, बिद्यालयका प्रधानाध्यापक गजेन्द्र न्यौपाने, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम खरेल, लायन्सका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply