सरस्वती प्राथमिक बिद्यालय गैडाकोटमा बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

0

गैडाकोट


सरस्वती प्राथमिक बिद्यालय गैडाकोटले आज बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई छात्रबृत्ति प्रदान तथा तेक्वानदो खेलाडीलाई सम्मान गरेको छ । बिद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि बिद्यालयमा अध्ययनरत दलित , जनजाति तथा सम्पुर्ण छात्राहरुलाई छात्रबृत्ति प्रदान गरिएको हो । साथै सोही कार्यक्रममा सरस्वती प्राथमिक बिद्यालयबाट नै तेक्वानदो खेलेर बिद्यालयकै बिद्यार्थी मध्ये पहिलो पटक ब्याल्क बेल्ट पाउन सफल आयुष सापकोटा र काठमाडौमा २०१८ मे १८ देखी २० सम्म भएको दोस्रो अन्र्तराष्ट्रिय प्रतियोगितामा तेस्रो हुन सफल गैडाकोट ५ का समिर क्षेत्री लाई सम्मान गरिएको छ । कार्यक्रममा जुनिएर तर्फ २५ जनालाई तेक्वान्दो प्रमाणपत्र र सिनियर तर्फ १० जनालाई नेपाली डान र कुकीवान डान ब्याल्क बेल्ट प्रमाण पत्र प्रदान गरिएको छ ।


सो कार्यक्रममा गैडाकोट वडा नम्बर ५ का वडाध्यक्ष नवराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो । उहाले शिक्षा नै बिकासको पहिलो खुडकीलो भएकाले शिक्षा क्षेत्रको बिकास र स्तर उन्नतिमा जोड दिनुपर्ने बताउनुभयो । साथै उहाले खेलले देशको नाम उच्च बनाउने बताउदै खेलकुदलाई पनि महत्व दिएर अगाडी बढनुपर्ने उल्लेख गर्नुभयो ।


कर्यक्रममा बोल्दै बिद्यालयका प्रधानाध्यापक गजेन्द्र न्यौपानेले छात्रबृत्तिको रकम बिद्यार्थीको आवश्यकतामा खर्च गर्न आग्रह गनुभयो ।
नरायणी आधारभुत बिद्यालयका पुर्ब प्रधानाध्यापक कृष्ण सापकोटाले अनुशासन बिद्यार्थीको गहना भएकाले प्रत्येक बिद्यार्थी अनुशासित बन्नुपर्ने बताउनुभयो ।
त्यस्तै तेक्वान्दो प्रशिक्षक सुरज ढकालले खेललाई सबैले महत्व दिएर अगाडी बढनुपर्ने बताउनुभयो ।
कार्यक्रम सरस्वती प्राथमिक बिद्यालय गैडाकोटका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम खरेलको अध्यक्ष्तामा भएको हो ।

Share.

Leave A Reply