सरस्वती निकेतन आवासीय माध्यामिक बिद्यालयमा नृत्य प्रतियोगिता

0

गैडाकोट , मङसिर ७


माया कडेल
सरस्वती निकेतन आवासीय माध्यामिक बिद्यालयले गैडाकोट नगरपालीका अन्र्तगत बिद्यालय स्तरिय नृत्य प्रतियोगिता गरेको छ । बिद्यालयको गौरबमय रजत बर्षको अवसरमा गरिएको नगरपालीका अन्र्तगत बिद्यालय स्तरिय नृत्य प्रतियोगितामा बाल बिकास आवासिय माध्यामिक बिद्यालय प्रथम सरस्वती आवासिय माध्यामिक बिद्यालय द्धितिय र विजय सामुदायीक शिक्षा सदन तृतिय भएको बिद्यालयका रजत बर्ष प्रचारप्रसार उपसमितिका संयोजक शिक्षक कमल तिवारीले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायकमा संगितकार बिशाल ढकाल, गितकार लक्ष्मीप्रसाद सोती र मोडल हिमाल रिजाल रहनुभएको थियो ।


नृत्य प्रतियोगितामा गैडाकोट वडा नम्बर ५ का वडाध्यक्ष नवराज कडेललको प्रमुख आतिथ्यता रहेको थियो । उहाले कार्यक्रममा बोल्दै बिद्यालयमा पूस्तक मात्र पढाउने नभएर हरेक किसिमका गतिबिधिमा बिद्यार्थीलाई सक्रिय बनाउन पर्ने बताउनुभयो । उहाले अतिक्ति क्रियाकलापमा सहभागि हुदा बिद्यार्थीहरुको आन्तरिक प्रतिभा पनि प्रस्फुटन हुन सहयोगी हुने बताउनुभयो ।
बिद्यालय संचालक समितिका अध्यक्ष गणेश सापकोटाको अध्यक्ष्तामा भएको प्रतियोगितामा स्वागत मन्तव्य संचालक समिति सदस्य साबित्रि अर्जेल सापकोटाले व्यक्त गर्नुभएको थियो भने सहजीकरण शिक्षीका बिमला तिमिल्सिनाले गर्नुभएको थियो ।

Share.

Leave A Reply