सरस्वती निकेतनमा भुपु बिद्यार्थी मिलन कार्यक्रम

0

गैडाकोट


सरस्वती निकेतन आवासीय माध्यामिक बिद्यालय गैडाकोटमा लक्ष्मण कडेलको अध्यक्षतामा भुपु बिद्यार्थी मञ्च गठन गरिएको छ ।

सरस्वती निकेतन आवासीय माध्यामिक बिद्यालयको रजत बर्षको उपलक्ष्यमा आयोजना गरिएको भुपु बिद्यार्थी मिलन कार्यक्रममा समिति गठन गरिएको रजत बर्ष प्रचार प्रसार उपसमितिका संयोजक कमल तिवारीले जानकारी दिनुभयो । जसको उपाध्यक्षमा आशिष घिमिरे , महाचिबमा भगवती अधिकारी , कोषाध्यक्षमा ईश्वर सिग्देल, सचिबमा बिधिका गौतम र सदस्यहरुमा संजिव तिवारी, अनिल ढकाल, आशिष आचार्य, मनिष अधिकारी रहनुभएको छ ।


सरस्वती निकेतन आवासीय माध्यामिक बिद्यालयको आयोजना र भुपु बिद्यार्थी मञ्चको सहआयोजनामा भुपु बिद्यार्थी मिलन कार्यक्रम गरिएको हो । भुपु बिद्यार्थी कृष्ण कडेलको प्रमुख आतिथ्यता रहेको थियो । उहाले कार्यक्रममा बोल्दै सरस्वती निकेतन गैडाकोटकै शान भएको बताउनुभयो । बिद्यालयलाई उत्कृष्ट बनाउन भुतपूर्ब बिद्यार्थीले खेल्न पर्ने भुमिका आफुले निर्वाह गर्ने बताउनुभयो । साथै उहाले शिक्षीत र दक्ष व्यक्ती उत्पादनमा बिद्यालयले खेलेको भुमिकाको प्रसंशा समेत गर्नुभएको थियो ।


त्यस्तै कार्यक्रममा बोल्दै बिद्यालयका प्रध्यानाध्यापक भरतबाबु कडेलले जिवन नै शैक्षीक बिकासमा समर्पण गरेको बताउदै समाज बिकासमा शिक्षाको भुमिका महत्वपुर्ण भएको बताउनुभयो । २५ बर्ष अघिदेखी संचालनमा आएको बिद्यालयमा धेरै बिद्यार्थीहरुले शिक्षा हासल गरेको र राज्यका बिभिन्न तह र समाज बिकासमा रहेर कार्य गरेको देख्दा गौरवको अनुभुति हुने बताउनुभयो ।


शिक्षक लक्ष्मण कडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा सहप्रध्यमनाध्यापक नगेन्द्र तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको अध्यक्षता बिद्यालयका प्रध्यानाध्यापक भरतबाबु कडेलको अध्यक्षतामा भएको थियो ।

Share.

Leave A Reply