सरस्वती निकेतनको अभिभावक दिवश सम्पन्न/विद्यार्थीहरुद्धारा प्रतिभा प्रस्फुटन(फोटो फिचर सहित )

0

गैडाकोट, २५ माघ ।

सरस्वती निकेतनको अभिभावक दिवश शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा गैंडाकोट नगरपालिका शिक्षा अधिकृत ऋषीराम शर्मा प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । उहाँले शैक्षीक क्षेत्रको बिकासका लागि संस्थागत र सामुदायीक बिध्यालयको उत्तीकै अहम् भुमीका रहेको बताउनदै दुवै मिलेर शैक्षीक क्षेत्रको उत्थान तर्फ लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष हरी प्रसाद सापकोटा लगायत वडा सदस्यहरुको उपस्तििथि रहेको थियो ।

उक्तm कार्यक्रममा बिध्यालयमा अध्यनरत बिध्यार्थीले गायन,नाच,बाल कबीता लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष मोती चन्द्र चालीसेको अध्यक्षतामा भएको उक्तm कार्यक्रममा बिध्यार्थी लगायत अभिभावकहरुको घना उपस्तििथि रहेको थियो ।

यसैविच,

सरस्वती निकेतनमा भोली बृहत भजन प्रतियोगिता हुने

सरस्वती निकेतन आवासीय माध्यामिक बिद्यालयले शनिबार रजत जयन्तिको अवसरमा बृहत भजन प्रतियोगिता गर्ने भएको छ ।टोल बिकास संस्थाका महिला र महिला समुहलाई प्राथमिकता दिएर प्रतियोगिता आयोजना गरिएको बिद्यालयले जनाएको छ ।

गैडाकोट धार्मीक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने स्थान भएकाले बिद्यालयले बिगत ३ बर्ष अघिदेखी नै भजन प्रतियोगिता गर्दे आएको बिद्यालयका प्रधानाध्यापक भरतबाबु कडेलले जानकारी दिनुभयो ।

बिद्यालयको रजत जयन्तिको अवसरमा आयोजना गरिएको बृहत भजन प्रतियोगिता प्रथम हुनेलाई १० हजार , द्धितिय हुनेलाई ७ हजार ,तृतिय हुनेलाई ५ हजार र सान्तवना हुने भजन समुहलाई ३ हजार पुरस्कार रहेको बिद्यालयका प्रधानाध्यापक कडेलले जानकारी दिनुभयो । अहिलेसम्म १४ वटा समुहले बिद्यालयमा नाम दर्ता गराईसकेको बिद्यालयले जनाएको छ ।

Share.

Leave A Reply