सरसफाईका लागि सुइरो वितरण

0


पुष्कर अधिकारी
गैडाकोट ,असार ७ ।
गैडाकोट नगरपालीका वाडा न.२ धैलागिरी टोल विकास संथाले वातावरण सरसफाईका लागि सुइरो वितरण तथा जनचेतना अभियान सन्चालन गरेको छ । प्लास्टीकजन्य वस्तुहरुको प्रयोग गरिसकेपछि त्यसलाई पुन प्रयोग गर्न सकिन्छ भन्ने अवधारणाका साथ सुरु गरीएको सुईरो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वाडा न.२ का वाडा अध्यक्ष धुर्बराम पौडेलले यो अभियानलाइ सबैको घर घर बाट सुरु गरीयो भनी वाताबरण सफा राख्न सकिने बताउनुभयो ।


सुइरो कार्यक्रम नाराणगढका अध्यक्ष डिल्लीराम समापकोटा, सुइरो कार्यक्रम सचिवालय सचिव देबबहादुर ओस्ती र सचिब दिपा साहीले सुइरो कार्यक्रमबाट वातावरण सरसफाई हुने र यसबाट कसरी आर्थिक रुपमा अगाडी बढ््न सकिन्छ भन्ने विषयमा सहजिकरण गर्नु भएको थियो ।
कार्यक्रमका सभापति धौलागिरी टोल विकास संथाका अध्यक्ष बिष्णुमाया पन्थिले प्रत्येक महिनाको अन्तीम शनिवार प्लास्टिक संकलन गरी सुइरो कार्यक्रमका नाराणगढलाइ बिक्री गर्ने र बिक्री गरेर आएको रकमले टोल विकासका लागि टोलमा आइपर्ने समस्यामा प्रयोग गर्ने बताउनु भयो । कार्यक्रममा फोहरलाइ मोहर भन्ने जनचेतना सहित १९८ घर धुरीलाइ सुइरो वितरण गरिएको थियो उक्त कार्यक्रमको सहजीकरण धौलागिरी टोल विकास संथाका सचिब गिरीराज लम्साले गर्नु भएको थियो ।

Share.

Leave A Reply