सरकार विरुद्ध काँग्रेसको शक्ति प्रदर्शन : ‘ओली सरकार अधिनायकवाद तर्फ’(नवलपुर र चितवनको फोटो फिचर सहित)

0

गैडाकोट, २१ माघ ।

नेकपाको नेतृत्वमा रहेको वर्तमान ओली सरकार अधिनायकवाद तर्फ उन्मुख भएको काँग्रेसले आरोप लगाएको छ । दुई तिहाइको सरका हुँदापनि देशमा हत्या, बलत्कार, मूल्य बृद्धि, भ्रष्ट्रचार झन बढ्दै गएको भन्दै काँग्रेसले देशैभर प्रदर्शन गरेको हो । शहरमा सम्पन्न भएका प्रदर्शनमा गाउँगाउँदेखि जनताहरुको उल्लेख्य उपस्थिती देखिन्थ्यो ।

यसैविच वर्दघाट सुस्तपूर्वमा पनि नेपाली काँग्रेसले वृहत कार्यक्रम गर्यो । कार्यक्रमलाई केन्द्रिय महामन्त्री डा. शशांक कोइराला, प्रदेश सांसद कृष्णचन्द्र नेपाली लगायतले सम्वोधन गर्दै यो प्रदर्शन सरकारलाई चेतावनीको रुपमा भएको र ओली सरकार नसच्चिए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताउनुभएको थियो ।

सरकारको रवैया अत्ति भएर सडकमा उत्रनु परेको बताउँदै कोइरालाले सरकार बिरुद्द चर्का नाराबाजी गर्दे सरकार भ्रष्ट भएको भन्दै प्रधानमन्त्री केपी ओलीको राजीनामा समेत माग गर्नुभयो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गरेको, निर्मला पन्तको हत्यारालाई अझै पत्ता लगाउन नसकेको, वाइडबडी विमान खरिदमा घोटाला लगायतका जनविरोधी काम गरेको भन्दै सरकार प्रति आक्रोस पोख्नुभएको थियो । त्यस्तै केन्द्रिय सदस्य कल्याण गुरुङले सभालाई सम्बोधन गर्दे सरकार भ्रष्टचारले ढुङढुङती गन्हाउन थालेको भन्दै सुसान अब कायम गर्ने नसके सबै नेपाली जनता सरकार बिरुद्द जाई लाग्न तयार रहेको बताउनुभयो ।

कोण सभालाई गण्डकी प्रदेशका सांसद कृष्णचन्द्र नेपाली, महासमिति सदस्य तथा पूर्व सांसद महेन्द्रध्वज जीसि, गण्डकी प्रदेश सभा सदस्य ओमकला गौतम, महासमिति सदस्य विष्णुकुमार कार्कि, नेविसं का पूर्व केनद्रीय उपाध्यक्ष प्रमोद हरी गुरागाइ ले सम्बोधन गर्नुभएको थियो ।

यसैविच नेपाली कांग्रसका केन्द्रीय प्रवक्ता विश्व प्रकाश शर्माले कांग्रससँग टक्कर लिन खोज्ने सबै नासिएर जाने बताउनुभएको छ । भरतपुरमा भएको प्रदर्शन कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले नै राणा शासन र राजशत्ता फालेको भन्दै ओली सरकारलाई सच्चिन चेतावनी दिनुभयो । सदन र सडकमा कांग्रेस शालीन रूपले प्रस्तुत भएको भन्दै उहाँले आफूहरूलाई कमजोर नठान्न अनुरोध गर्नुभयो ।

Share.

Leave A Reply