सरकार जनताप्रति उत्तरदायी

0

बुटवल, १३ माघ 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा भएको परिवर्तन मात्र सत्ता र राजनीतिक नभई व्यवस्था नै परिवर्तनको प्रक्रियामा भएको हुुँदा जनताले चाहेको जस्तो हुन नसकेको बताउनुभएको छ ।

उहाँले वर्तमान सरकार जनचाहनाअनुसारको काम गर्न र जनताप्रति उत्तरदायी बन्नका लागि आगामी बजेटमा जनतालाई सम्बोधन गरिने र प्रतिबद्धता पूरा गर्न सरकार अग्रसर रहेको बताउनुुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी सचिवालय सदस्यसमेत रहनुभएका पोखरेलले राजनीतिक र संविधानमा परिवर्तनको घोषणा भए पनि सरकार अहिलेसम्म कानूनी र संरचनामा परिवर्तन गर्नेतर्फ केन्द्रित हुँदा सरकारको ध्यान अब जनताका अपेक्षा सम्बोधनमा केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

सरकार जनताको सामाजिक सुरक्षाका विषयमा गम्भीर रहेकाले सामाजिक सुरक्षाबापत प्रदान गरिँदै आएको भत्तामा वृद्धिसँगै स्वास्थ्य बीमालगायत अन्य सामाजिक सुुरक्षाका क्षेत्रमा समेत सरकारले कार्यक्रम अगाडि बढाउने उहाँले बताउनुभयो । मन्त्री पोखरेलले नेपालको आम कम्युुनिष्ट विचारलाई मन पराउने जनताको चाहना र सिङ्गो राष्ट्रको विकास, अस्थीरताको अन्त्य र समृद्धिका लागि दुुई कम्युुनिष्टबीचमा एकता भएको बताउनुुभयो ।

विगतमा दुई पार्टीबीचको निरन्तर संवाद, सहकार्यको आयामबाट नै एकता भएको बताउँदै मन्त्री पोखरेलले एकतापछि अब विगतबाट शिक्षा लिएर अबको बाटो पश्चगामीबाट नभई अग्रगामी भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं ५ का मुुख्यमन्त्री तथा नेकपा प्रदेश नं ५ का इञ्चार्ज शङ्कर पोखरेलले सरकार परिवर्तनको मनोविज्ञान आम नागरिकको बुुझाइरहेको भन्दै कानून निर्माण र संरचना निर्माण मुुख्य पाटो हो भन्ने कुुरा जनतालाई बुुझाउन आवश्यक भएको बताउनुुभयो ।

उहाँले प्रदेश सरकार प्रदेशको विकासका लागि प्रदेशको आवधिक योजना निर्माणमा लागेको बताउँदै सरकारले अगामी वर्षको बजेट आवधिक योजनाको जगमा ल्याउने बताउनुभयो । उहाँले सङ्घीय सरकारको कानून निर्माण प्रक्रियमा भएको ढिलाइले प्रदेशलाई कानून बनाउन असहज भएको बताउँदै प्रदेश सरकारले आगामी चैतसम्ममा आधारभूत कानून निर्माण गरिसक्ने जानकारी दिनुभयो ।-रासस

Share.

Leave A Reply