सरकार छलफल गर्नै चाहादैन अनि कसरी गर्ने सहमति ः उपसभापति निधी

0

डोलराज रानभाट,गैडाकोट, १५ माघ ।

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले पछिल्ला राजनीतिक घटनाक्रम सम्वोधनका लागि प्रधानमन्त्री छलफल गर्नै नचाहेको आरोप लगाउनुभएको छ । प्रमुख विपक्षीदल छलफलबाटै सहमति चाहेको तर सरकार र स्व्यम् प्रधानमन्त्री दुई तिहाईको दम्भ देखाउन उद्धत देखिएकोले पछिल्लो घटनाक्रम रोकिन नसकेको उपसभापति नीधिको भनाइ रहेको छ।

नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएमको हरेक दिन विहान ७ बजे प्रसारण हुने कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उपसभापति निधीले सरकारले आफ्नो कार्यशैली नसच्याएसम्म संसद अवरुद्ध कायमै रहने बताउनुभयो ।

आफ्नो पार्टीका शीर्ष नेताहरुको नाउँमा खोलिएको अस्पतालको नाम मेटाउने सरकारको यो घटीया निर्णय तत्काल सच्चाएर डा. गोविन्द केसीको माग सम्वोधन गर्न उहाँको आग्रह छ ।

काँग्रेसको सरकार हुँदा वनाएको सहमतिको दस्तावेजलाई तोडमोड गरि अहिलेको सरकारले विद्येयक ल्याउनुनै डा.केसीको अनसन नतोडिनु मुख्य कराण भएकोपनि उहाँको दावी छ ।

तत्काल डा.केसीको अनसन तोडाउन सरकारलाई आग्रह गर्दै उपसभापति निधीले अन्यथा आगामी माघ २१ गते गरिने विरोध कार्यक्रमबाट सरकारले ठुलो मूल्य चुकाउन वाध्य हुने जिकिर गर्नुभयो ।

Share.

Leave A Reply