सरकारी निकायका प्रतिनिधिद्धारा चितवनको मुसहर बस्तीको अवलोकन

0


गैडाकोट, १९ चैत्र । चितवनको खैरहनी नगरपालिका–१० कठारमा अवस्थित मुसहर बस्तीमा चितवनका सरकारी निकायका प्रतिनिधीहरु पुगेका छन् । मुसहर वस्तीमा घर वनाउने उद्देश्य सहित आज सरकारी निकायबाट स्थलगत निरीक्षण तथा अनुगमन गरिएको हो । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीको पहलमा सरकारी टोलीले मुसहर बस्तीको निरीक्षण गरेको हो ।

एकीकृत बस्ती निर्माण र नागरिकता प्रदान गर्ने विषयमा अध्ययन गर्न खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्मा, वडाध्यक्ष कारीराम चौधरीसहितको टोली मुसहर बस्ती पुगेको थियो ।

निरीक्षणमा रहनुभएका प्रमुख जिल्ला अधिकारी बस्नेत सामु मुसहर समुदायले लामो समयदेखि आफूहरु नेपाली हुनबाट वञ्चित रहेको भन्दै नागरिकता प्रदान गर्न माग गरेका थिए । करिब २५ घरधुरी रहेको सो बस्तीमा ५देखि ६ जनाको मात्रै नागरिकता छ ।

Share.

Leave A Reply