सरकारले उखु किसानलाई अनुदान दिने

0


काठमाडौँ, १९ श्रावण । सरकारले उखु किसानलाई अनुदान दिने भएको छ । गत जेठ १५ गतेदेखि नै लागू हुनेगरी प्रतिक्विन्टल ६० रुपैयाँ अनुदान दिने सरकारले निर्णय गरेको छ । उखु किसान र मिल सञ्चालकबीच पटक पटक विवाद हुँदा किसानले भूक्तानी पाउन सकेका छैनन । उखुमा किसानलाई आकर्षित गर्न अनुदान दिन लागेको कृषि मन्त्री चन्दप्रकाश खनालले जानकारी दिनुभयो । किसानलाई सरकारले सीधै अनुदान दिने बजेटको व्यवस्था सार्वजनिक भएसँगै चिनी उद्योगीले किसानलाई दिने भाउ घटाएका थिए । जेठ १६ देखि नै उखुको भाउ घटे पनि सरकारले दिने भनेको अनुदान किसानले पाउन सकेका छैनन । सरकारले गत वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ निधाारण गरेको छ । चिनी उद्योगीहरूले भने प्रतिक्विन्टल ४ सय ६५ रुपैयाँको दरले रकम भुक्तानी गरेको उखु उत्पादक महासंघले जनाएको छ । महासंघका अनुसार करिब ७ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी बाँकी छ ।

Share.

Leave A Reply