सरकारद्धारा काँग्रेसको माग सम्बोधन/दुई अस्पताल केन्द्र सरकारमै राखिने

0

गैडाकोट, १५ माघ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जोडदार रुपमा उठाएको माग सरकारले पुरा गरेको छ । काँग्रेसले आफ्नो पार्टीका दुइ शीर्ष नेताहरुको नाउँमा रहेका अस्पताल केन्द्र सरकारको मातहतमा राख्न दबाब दिँदै आइरहेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले तनहुँको गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णयबारे संसदलाई माघ १७ गते जानकारी गराउने सरकारको तयारी छ । दुई वटा अस्पतालबारे निर्णय नगरेर खारेजी प्रक्रियामा लगेको भन्दै कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको थियो ।कांग्रेसको विरोधका बीच सरकारले चिकित्सा शिक्षा विधेयक भने पारित गरेको छ ।

Share.

Leave A Reply