सरकारको योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

0

कास्की, ५ फागुन 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको लक्ष्य र योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले सरकारका प्राथमिकता र स्रोतसाधन भूगोलअनुसार विविध भए पनि समृद्धिका लागि लक्ष्य र योजना भने एउटै हुनुपर्छ भन्नुभयो ।

उहाँले सङ्घ र प्रदेश सरकारले बनाएको नीति तथा योजनाका खाकाअनुसार स्थानीय सरकारले पनि आवधिक योजना बनाउनुपर्ने भनाइ राख्नुभयो । सङ्घ सरकारको २५ वर्षपछि १२ हजार ५०० डलर प्रतिव्यक्ति आय पु¥याउने लक्ष्य हासिल गर्न गण्डकी प्रदेशबाट कम्तीमा पनि १५ हजार डलर योगदान गर्ने लक्ष्यअनुसार योजना निर्माण गरिनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले कार्यक्रमबाट सरकार सञ्चालनका अनुभव आदान–प्रदान तथा भइरहेका कामबारे जानकारी हासिल भएको बताउनुभयो । स्थानीय तह सञ्चालन ऐन २०७४ मा व्यवस्था भएबमोजिम कार्यक्रम गरिएको भनाइ उहाँको छ । माछापुच्छ«्े गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले निर्वाचित भएको २ वर्षसम्म पनि आवश्यक कर्मचारी व्यवस्थापन हुन नसक्दा नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति, पोखरा महानगर, माछापुच्छ«े, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका तर्फबाट चालू आवको माघ मसान्तसम्म भए गरेका गतिविधिहरु प्रस्तुत गरिएको थियो । जिल्लाका पाँचवटा स्थानीय तहका प्रमुख÷उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यसमेत सहभागी थिए । -रासस

Share.

Leave A Reply