सम्भावनाको खानी हुप्सेकोट, खोजविन नहँुदा पछि पर्दै विकास

0

माया कंडेल, हुप्सेकोट । गाउँमै राष्ट्रिय योजनाका आयोजना बन्नु र पर्नु जो कोहीका लागी गर्विलो बन्छ । तर त्यसले निरन्तरता पाउन नसक्नु चिन्ताको विषय हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोट गाउँपालिका बत्तीमुनीको अध्याँरो जस्तै बनेको छ ।

पर्यटकीय सम्भावनना हुँदाहँुदै पनि हुप्सेकोट उचित प्रचार प्रसार र रेखदेखको अभावमा बत्तीमुनीको अँध्यारो जस्तै बनेको हो । जिल्लाको पहाडी क्षेत्रमा पर्ने हुप्सेकोट गाउँपालीकामा पर्यटनको सम्भावना प्रशस्त हुँदा पनि उचित खोजविन हुन नसक्दा बिकासमा पछि परेको हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी पाण्डेले बताउनुभयो । पाण्डेका अनुसार खोजविन नहुँदा विकासका सम्भावनाहरु ओझेलमा परेका छन् । तराई र पहाड दुबै क्षेत्रको झल्को एउटै गाउँपालिकामा देख्न सकिने हुप्सेकोटमा चुनौती र अवसर दुबै रहेको अध्यक्ष पाण्डेले बताउनुभयो – “हुप्सेकोटमा पहाडी र तराई गरी दुबै क्षेत्र पर्दछन्, दुबै क्षेत्रको छुट्टै बिशेषता छ, दुबै क्षेत्रका मुख्य पहिचान भनेको नै पर्यटकीय सम्भावन हो।”
हुप्सेकोट गाउँपालिका रुद्रपुरदेखी बसेनी भन्दा माथी दारेभञ्याङ, श्री पोखरी रहेको छ । जुन क्षेत्र पर्यटकीय सम्भावनाको उदाहरणीय क्षेत्र हो । त्यस ठाउमा बिभिन्न प्रकारका गुराँस फुल्छन जसले सजिलै सबैको मन लोभ्याउने गाउँपालिका प्रमुख पाण्डेले बताउनुभयो । दारेभञ्याङबाट बिभिन्न स्थानको अवलोकन पनि गर्न सकिने र हिमालको मनोरम दृश्यावलोकन गर्न सकिने ठाँउ पनि हुप्सेकोट गाउँपालिका रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
पर्यटकीय रुपमा मात्र नभएर हुप्सेकोट गाउँपालिका धार्मीक र ऐतिहासीक रुपमा पनि महत्वपूर्ण स्थान हो । त्यहा रुद्रप्रताप सेन राजाका पालामा निर्माण गरिएको भग्नाबेश दरबार रुद्रपुर गढि पनि रहेको छ । जसले छुटटै महत्व बोकेको छ । यी र यस्ता सम्भावनाहरुको खोजी गर्न सके बिकास गर्न सकिने स्थानीयको भनाई छ ।
एसियाली विकास बैंकको सहयोगमा हुप्सेकोट गाउँपालिका –५ धौवादी रुद्रपुरमा हावाबाट बिजुली निकालिएको थियो । त्यहाँ रहेका स्थानीयले त्यहाँको विजुली प्रयोग गरिरहेका थिए तर अहिले उचित रेखदेख र मर्मत हुन नसक्दा सो परियोजना बन्द भएको हुप्सेकोट गाउँपालीकाकी अध्यक्ष लक्ष्मी पाण्डेले जानकारी दिनुभयो । स्थानीय तह बन्नुअघि देखिकोे परियोजना भएको र हस्तान्तरण नभएकाले तत्काल कार्य गर्न स्थानीय निकायलाई कठिन भएको पाण्डेले बताउनुभयो ।” गाउँपालिकामा जिम्मेवारी आए आफुले पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । साथै उहाँले बिराटनगर पु¥याएर बनाउनुपर्ने भएकाले पनि गाह्रोे भएको बताउनुभयो । अहिले सोलारबाट तथा अन्य बिकल्प प्रयोग गरेर उज्यालो गाउँपालिका बनाउन बिभिन्न काम गरिरहेको बताउनुभयो । पहिले सोही योजना हेर्न आउने पर्यटक परियोजना बन्द भएपछि घटेका छन् । हुप्सेकोट गाउँपालीका पर्यटन क्षेत्रको रुपमा मात्र नभएर फलाम खानी, सुन खानी, गेरु खानी र अन्य विविध खानीको सम्भावना रहेको छ ।
गाउँपालिकामा रहेको फलाम खानीको केन्द्रिय सरकारले नै अनुगमन र निरीक्षण गरिरहेको छ । त्यहाँ कस्तो फलाम , कति मात्रामा छ भन्ने बिषयमा भुगर्भबिदहरुले अध्ययन गरिहेको गाउपालीकाकी अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । उहाँले अहिले गाउपालीकाको केन्द्रबाट फलाम खानी जाने बाटो खन्न शुरु भएको बताउदै स्थानीय तहसंग समन्वय भएर काम भएमा अझै सहज हुने बताउनुभयो । स्थानीय तहले त्यहा भएका सम्भावनालाई केलाईरहदा स्थानीयलाई महत्व दिएर अगाडी बढन आवश्यक रहेको अध्यक्ष पाण्डेको भनाई छ । भबिष्यमा त्यहा बस्ने बासीन्दालाई कुनै किसिमको हानी नोक्सानी हुन नहुने प्रति गाउपालीका सजग रहेको पाण्डेको भनाइ छ ।
हुप्सेकोट गाउँपालीकाले अहिले गाउपालीकामा भएका सम्भावनाहरुलाई खोजी र पहिचान गर्दे बिभिन्न कार्ययोजना बनाएर अघि बढिरहेको छ ।पर्यटनबिद, ईन्जिनियर र सरोकारवालाको सहकार्यमा दिर्घकालीन , अल्पकालिन रुपमा गर्र्नुपर्ने कामहरुको योजना बनाएर अगाडी बढेको गाउपालीका अध्यक्ष पाण्डेले बताउनुभयो । प्राबिधिक दृष्टिकोणबाट आएको भिजन छुटटै हुने पनि बताउनुभयो ।
हुप्सेकोट गाउँपालिकाको सम्भावनाले देशकै समृद्धी र बिकासमा सहयोग बन्न सक्ने दाबी अध्यक्ष पाण्डेको छ । उहाँले हुप्सेकोट गाउँपालिकामा मात्र नभएर नवलपरासी बर्दघाट सुस्ता पूर्वका सबै ग्रामीण, पहाडी क्षेत्रको सबै मिलेर बिकास गर्न आवश्यक रहेको बताउनुभयो । यसरी सबै क्षेत्र मिलेर बिकास गर्न सके जिल्लाले देशकै बिकासमा एउटा ईट्टा थप्ने बताउनुभयो ।
गाउँपालिकाले आफ्नो अधिकार क्षेत्र भित्र रहेको क्षेत्रको बिकासका लागि पहल गरिरहेको भनाई छ । २०७५÷०७६ का लागि गाउपालीकामा २८ करोडको बजेट विनियोजन गरिएको छ । जसमा १० करोड रुपैया बढिको सर्सत अनुदान रहेको छ भने गाउपालीकाले बिकास बजेटका लागि १४ करोड रुपैया बिकासका लागि छुट्टाईएको छ । १ सय ८९ बर्ग किलोमिटर क्षेत्रमा फैलीएको हुप्सेकोट गाउपालीकामा करिब ५० हजार मानिसको बसोबास रहेको छ । मगर समुदायको बाहुल्यता रहेको त्यस स्थानमा गुरुङ, तामाङ, बाम्ह्ण , क्षेत्री लगायतका बिभिन्न जातजातिको बसोबास रहदै आएको छ ।

Share.

Leave A Reply