सम्पादकीय : करिडोर निर्माण छिटो होस्

0

सम्पादकीय 
दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने कालीगण्डकी करिडोर । राष्ट्रिय गौरवको यो आयोजनाको काम सुरु भएको वर्षौं भयो तर यसले पूर्णता त परौ जाओस् गति लिनसमेत सकेको छैन । हिमालदेखि भारतको त्रिवेणीसम्म नुन बोक्ने प्राचीन रेशम मार्गमा यो करिडोर निर्माण भइरहेकाले यसले ऐतिहासिक महŒव राख्ने छ तर यो सडक खण्डमा पटक–पटक बजेट विनियोजन गरिए पनि गति लिन नसक्दा स्थानीय निराश छन् ।

कालीगण्डकी करिडोरका रूपमा काम सुरु हुनुपूर्व नै सरकारले व्यापारिक पारवहन मार्गका रूपमा देशभर आठवटा उत्तर–दक्षिण करिडोरको परिकल्पना गरेको थियो ।

पछिल्लो समय बेनी–जोमसोम खण्डको सडक चैतबाट कालोपत्र हुने तयारी चलिरहेको छ । प्रदेश नं ४ को भाग्यरेखासमेत मानिएको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको कालोपत्रका लागि चार प्याकेजमा धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाको समग्रमा ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको दावी छ ।

भारतको सुनौली नाकादेखि चीन जोड्ने मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर ४ सय ३५ किलोमिटर लामो छ । गैँडाकोटदेखि कोरला नाकासम्मको सडकले नदी किनारका फाँट र दुर्गम गाउँहरूलाई दिने पहुँचलाई नजरअन्दाज गर्न मिल्दैन ।

भारतको सुनौली नाकादेखि चीन जोड्ने मुस्ताङको कोरला नाका जोड्ने उद्देश्यले सुरु गरिएको उत्तर–दक्षिण व्यापारिक पारवहन मार्ग कालीगण्डकी करिडोर निर्माण कार्य छिटो होस् । जसले आशावादी यो खण्डका नागरिकको जीवनशैली सहज बन्ने छ ।

Share.

Leave A Reply