समृद्ध नगरका लागि वडामा प्रशस्त सम्भावना रहेपनि प्रयाप्त बजेट नहुदाँ समस्या

0

गैंडाकोट

विजय एफएम १०१.६ को गौरवमय १५ औं बार्षिकोत्सवका कार्यक्रम अन्र्तगत आजै दोश्रो कार्यक्रम गैंडाकोट २ मा सम्पन्न भएको छ । अपरान्ह गैंडाकोट २ को वडा कार्यालयमा भएको कार्यक्रममा बोल्दै जनप्रतिनिधीहरुले वडाको विकासमा विजय एफएमले खेलेको भुमिकाको खुलेर प्रंशसा गरेका छन् । कार्यक्रममा वडा अध्यक्ष धुव्रराम पौडेलले एफएमले वडा बिकासका लागि वडामा भए गरेका समस्या लाई पहिचान गराउन सहयोग पु¥याएको बताउनुभयो । उहाँले समृद्ध नगरका लागि वडामा प्रशस्त सम्भावना रहेपनि प्रयाप्त बजेट नहुदाँ समस्या रहेको बताउनुभयो । उहाँले भृकुटीलाई राष्ट्रियकरण गर्दै अव्यवस्थित रहेको बसोबासलाई व्यवस्थित गर्ने बताउनुभयो ।


वडा सदस्य यदुनाथ सापकोटाले बिकासको क्रममा सिमित बजेटले असिमित बिकासका योजनाहरुलाई सम्पन्न गर्नु पर्दा बिभिन्न चुनौतीहरु आइपरेको बताउनुभयो ।
वडा सदस्य शुभेच्छा प्रधानले महिलाको हकमा महिला सशक्तिकरणका लागि बिभिन्न सिपमुलक तालिमहरु गर्दै आएको बताउनुभयो । उहाँले वडाको विकासका लागि हरदम तयार रहेको बताउनुभयो ।
वडा सदस्य सावित्री दर्जीले दलित समूदायका लागि आवश्यक काम गरिरहेको बताउनुभयो । पिछडिएका तथा दलितको समुदायको क्षेत्रमा अझै काम गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
कार्यक्रमको सहजिकरण एफएमका कार्यक्रम संयोजक तथा समाचार प्रमुख प्रेम क्षेत्रीले गर्नुभएको थियो । यस्तै वार्षिकोत्सवका कार्यक्रम अन्तगर्त भोली गैंडाकोट ४ र ५ को अन्र्तक्रिया गर्दैछ । वडा कार्यालयमा वडाका जनप्रतिनिधिसँग विकास निर्माण, समृद्धिको खाका, सुशासनको प्रक्रियामा स्थानीय तह र रेडियोको भूमिकाका सन्दर्भमा बहस हुनेछ ।

Share.

Leave A Reply