समृद्ध नगरका लागि आधारशीला खडा भएको छ

0

 

नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रवेशद्धारको रुपमा रहेको गैँडाकोट नगरपालिका समृद्ध नगरको अभियानमा रहेको छ । समृद्ध नगरपालिकाका लागि पाँच वर्षको अभियानमा अब ३ बर्ष ११ महिना बाँकी रहेको छ । गैँडाकोट नगरपालिकाले नगरविकासका लागि २० वर्षको गुरुयोजना अघि सारेको र सो पुरा भए २० वर्षमा गैँडाकोट स्वीजरल्याण्ड बन्ने नगरप्रमुख छत्रराज पौडेलले बताउनुभएको छ ।  यस बीचमा यस नगरलाई समृद्ध बनाउने अभियानमा के कस्ता काम भए ? के कस्तो आधारशीला खडा भयो ? अबको योजना के के छन् ? यीनै विषयमा गैँडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलसंग गरिएको कुराकानीको सम्पादीत अंश ।

 

समृद्ध नगरपालिकाको १३ महिना कसरी बित्यो ?
इो १३ महिनाको अन्तरालमा हाम्रो योजनाहरु जुन सोचका साथ अघि सारेका थियौँ । गैँडाकोट ३, १८ र १४ नम्बर वडाका केही क्षेत्रलाई बाख्रा पालनमा जोड दिने, वडा नं. १८ बाहेक सबै वडामा सहज विद्युतिकरणको सन्दर्भमा असोजसम्ममा काम सम्पन्न हुने गरी यो वर्ष काम भएको म सबैमा विश्वास दिलाउन चाहन्छु । यसैगरी सिंंचाईको क्षेत्रमा पनि हामीले खेतीयोग्य जमिन अथवा कृषिका लागि इच्छुक किसानका लागि चार विगाहसम्मका लागि बोरिङको कार्यक्रम अघि बढाइरहेका छाँै ।  समृद्धिका लागि आत्मनिर्भर बनाउनुपर्दछ भन्ने मेरो सोच छ , यसका लागि कृषि क्षेत्रमा आकर्षण बढाउनु छ । दुई वर्षभित्र कृषि क्षेत्रबाट सबैलाई आत्मनिर्भर बनाउने योजना अनुरुप हामी अघि बढीरहेका छौँ ।
यो १३ महिनामा समृद्ध नगरका लागि आधारशीला खडा भएको हो ?
पक्कै पनि भूमिगत सिंचाईका लागि पहिलो प्राथमिकतमा राख्दै हामीले कार्यक्रमहरु अघि बढाएका छौँ । यस अवधिमा २६ वटा ट्युबवेल राख्न सफल भएका छाँै । यो संसंगै विद्युतिकरण पुराउन सक्यौँ भने सिंचाईका लागि राम्रै परिवर्तनको अनूभूति हुनेछ । यसैगरी नदि तटीए क्षेत्रमा विभिन्न दातृ निकायहरुसंग छलफल भइरहेको छ । बैकल्पीक राजमार्गको अध्ययन भइरहेको छ । यो नारायणी तटीय क्षेत्रमा हुन सक्ने संभावना पनि रहेको छ । यसैगरी कालिगण्डकीको पानी गैँडाकोटको लगानी हाम्रो योजना थियो, यसका लागि १९५० को गण्डक सम्झौता, कालीगण्डकी डाइभर्सन यसलाई मध्यनजर गर्दै नितिगत आधारमा मिल्यो भने संघीय र केन्द्रीय सरकारलाई घच्घच्याउने काम गर्नेछौँ । यसैगरी बृटिश क्याम्प देखि त्रिवेणीसम्म बैकल्पीक राजमार्गको प्रयोग गर्ने गरी संघीय सरकार र प्रादेशीक सरकारको पहलमा कुनै दातृ निकायलाई संरचना निर्माणका लागि प्रस्ताव गरी यस कार्याले साथ साथमा राजेगारीको सिर्जना हुने कुरमा हामी ढुक्क रहेका छौँ । समान्य तया यसको ड्राफ्ट पनि भइसकोको छ ।  डिपाआरका सन्दर्भमा म मुख्यमन्त्रीसंग यो कुरा छिटै राख्दैछु । यसैगरी भृकुटी कागज कारखानालाई राष्ट्रियकरण गर्ने सन्दर्भमा अर्थ र उद्योग दुबै मन्त्रालयमा कुराकानी भइसकेको छ । मन्त्रीज्यूहरु पनि सकरात्मक देखिनुभएको छ । आवश्यक पक्रिया पुरा गरी यसलाई राष्ट्रिय करण गर्न सकियो भने त्यस क्षेत्रमा नगरको समृद्धिका लागि नयाँ आयोजना अघि बढाउन सकिन्छ ।

यो अवधिमा गरेका महत्वपूर्ण पाँच कुराहरु के के हुन् ?
यस अवधिमा हामीले धेरै काम गर्ने कोशीस गरेका छाँै , धेरै  कामहरु सम्पन्न पनि भएका छन्, यो बीचमा हामीले गरेका महत्वपूर्ण काम हरु निम्न छन् ।
-विद्युतीकरणको काम
– स्वास्थ्य क्षेत्र अन्तर्गत बर्थिङ सेन्टर तथा आधुनिक ल्याबका विषयमा काम गरेका छौँ, यसका लागि सहज अस्पतालसंग सम्झौता समेत    भइसकेको छ ।
–  सिंचाईका लागि बोरिङ व्यवस्थापनका काम
– बाख्रापालन कार्यक्रमको प्रवर्धन
– कृषि क्षेत्रको प्रवर्धनका लागि मोटाको परिक्षण

समृद्ध नगरको लागि गुरुयोजना के भइरहेको छ ?
समृद्ध नगरको योजनाका लागि पाँच वर्ष र २० वर्षको गुरु योजना बनेको छ । नगरपालिकामा छ । त्यही गुरु योजना अनुरुप ठूला ठूला आयोजनाको डिपिआर र अन्य पक्रियाका लागि संघीय र प्रादेशीक सरकारसंग सहकार्यका लागि प्रस्ताव अघि बढाइरहेका छौँ ।
गुरुयोजनाको सपना के हो ?
गैँडाकोटमा अबको २० वर्षमा नसोचेको परिवर्तन हुने छ । अबको २० वर्षमा गैँडाकोट स्वीजरल्याण्ड बन्छ । मौलाकालिकामा केवलकार निर्माण हुँदै छ । २० वर्ष भित्र गैँडाकोट ३ र १८ नेपाल विश्वविद्यालय बन्ने छ । कालिगण्डकीको पानी जनताको लगानी कार्यक्रमले गैँडाकोटबासीको आर्थिक अवस्थालाई उज्जवल बनाउनेछ । विभिन्न उद्योग कारखाना निर्माण हुनेछ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुनेछ । गैँडाकोट पर्यटकहरुको अत्यन्त महत्त्वपूर्ण गन्तव्यको रुपमा विकसीत हुनेछ ।
प्रधानमन्त्री ओलीका सपना जस्तै, अलि बढी महत्त्वाकांक्षी भएन ?
छैन, यो सम्भव नै देखेको छु । यो क्षेत्रमा पर्यटकीय क्षेत्रको सम्भावना बढी भएका कारण पनि सम्भव छ । अर्को कुरा महत्वाकांक्षी नभइकन सपना पनि त पुरा हुँदैन । अब रह्यो ओलीजीसंगको तुलना । मान्छेले जोगी बन्न कोही पनि राजनीति गर्दैन, मान्छेलाई त सम्मान र प्रतिष्ठा पनि चाहिन्छ नी होइनर । अब काम गरेर केपी शर्मा ओली, मदन भण्डारी बन्न पाइयो भने त मेरो जीवनको सपना साकार हुन्थ्यो होला ।

आगामी आर्थिक वर्षका लागि नगरको योजना के छन् ?
कृषिका लागि पहिलो प्राथमिकताका साथ अघि सारी बजेट विनियोजन गरेका छौँ । शिक्षा क्षेत्रको सुधारका कार्यक्रम छन्, स्वास्थ्य क्षेत्रको प्रभावकारीता बढाउने कार्ययोजना पनि छन् । शिक्षाको व्यवस्थापन, व्यवसायिकता, मर्यादा सबै कुरामा अघि बढाउने गरी योजना छन् । यसमा नेपाल विश्वविद्यालयको परिकल्पना गरेर छलफल जारी राखेका छाँै, नारायणी तटीय क्षेत्रको त्रिमार्गको अवधारणलाई अब बैकल्पीक राजमार्गको रुपमा विकास गर्ने गरी अघि बढ्नुपर्दछ भनेका छौँ । यसका लागि छलफल पनि गरिराखेका छौँ । कालिगण्डकी करीडोरको सन्दर्भमा पनि प्रदेश र संघमा हामीले लबिङ गर्ने छौँ । कालिगण्डकीको पानी जनताको लगानी कार्यक्रमका लागि दबाबमूलक तवरबाट छलफल अघि बढाउनेछौँ । यति मात्र होइन भृकुटी कागजकारखानको राष्ट्रियकरणको पाटो पनि संगसंगै अघि लिएर जानेछौँ ।
शिक्षा र स्वास्थ्य क्षेत्र अलि बढी उपेक्षित भयो भन्ने गुनासो छ ?
हो शिक्षा र स्वास्थ्य क्षेत्रका सन्दर्भमा बजेट विनियोजन प्रयाप्त हुन नसकेकै हो तर पनि यो नै सन्तोष गरेर बस्ने भन्ने होइन । यसका लागि विभिन्न सहकारीका शिक्षा कार्यक्रम, विभिन्न सामुदायिक वन लगायत अन्य संघसंस्थासंगको समन्वयमा शिक्षा क्षेत्रका कार्यक्रमलाई अझ बढाएर लिएर जान सक्छौँ । यति मात्र होइन प्रदेश सरकारबाट पनि हामीले विभिन्न कार्यक्रमलाई प्रभावकारी रुपमा लिएर जान प्रस्ताव गर्न सक्छौँ ।

गैँडाकोट १ र  १३ लाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने भन्ने नीति तथा कार्यक्रममा समेट्नुभयो तर बजेटमा कहिँ कतै पनि समेट्नुभएन किन ?
यो कुरा यथार्थ हो । यसमा १ र १३ होइन । यो १ देखि १७ सम्म रहेका सम्पूर्ण वडामा रहेका धार्मिक मठमन्दिर र साथमा धार्मिक क्षेत्रको रुपमा विकास गर्नका लागि छलफल अब अघि बढाउँछु । त्यसपछि कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउँछु । अब मौलाकालिकामा केबलकार निर्माण हुँदैछ । यसले नगरको समृद्धि अभियानमा पनि सघाउनेछ । यसका साथै लक्ष्मीनृसिंह दिब्यधाम, कैलाश सन्यास आश्रम, मुकुन्दसेन दरबार विभिन्न क्षेत्र छन् । सबैको एकीकृत प्रवर्धन तथा विकासका लागि छलफल गरेर अघि बढ्नेछाँै । सबै मठमन्दीर र क्षेत्रका विभिन्न व्यक्तिले पनि आपसी छलफल गरी योजना बनाएर पनि आउन सक्नुहुन्छ ।

Share.

Leave A Reply