समुदाय–प्रहरी साझेदारी कार्यक्रम सफल पार्न चितवनमा ३३९ समिति निर्माण

0

गैडाकोट, १२ माघ ।

नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी अवधारणालाई कार्यान्वयन गर्न चितवनमा ३२१ विभिन्न समिति निर्माण गरिएको छ । हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले जिल्लाका सबै क्षेत्रमा समिति निर्माणलाई तिब्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक शुशिल सिंह राठौरले जिल्लामा ३२१ समुदाय–प्रहरी समिति निर्माण गरिसकिएको जानकारी दिनुभयो । कार्यक्रम कार्यान्वयनमा आएपछि समाजमा हुने अपराधमा ठूलो मात्रामा कमी आउने राठौरको विश्वास छ ।

Share.

Leave A Reply