समुदायको विकासमा सहकारीको योगदान

0

पवन सुवेदी गैडाकोट नगरपालिका १, नवलपरासी          

हामी सबैका लागि एक र एकका लागि हामी सबैका उद्देश्यका साथ समान आवश्यकता र क्षमता भएकाहरुले समान हितका लागि सहकार्य गर्ने संगठन हो । जुन नेपाल सरकारको सहकारी ऐन नियम भित्र रहेर स्थापित भएका हुन्छन । विश्व इतिहासमा सर्वप्रथम सन् १८४४ मा रोबर्ट ओवेनले यसको अवधारणा विकास गरेको पाइन्छ । नेपालमा विक्रम सम्वत २०१३ सालबाट आधुनिक सहकारीको सुरुवात भएको थियो । २०४६ को परिवर्तनपछि स्थापना भएको व्यवस्थाले आम नागरिकलाई एकताबद्ध हुने अधिकारको सुनिश्चितता ग¥र्यो । तद पश्चात् नेपालमा सहकारी संस्थाहरु खुल्ने र बढने गर्न थाले । नेपालमा सहकारी ऐन,२०४८ र सोको नियमावली,२०४९ बनेपछि सहकारीहरु द्रुतगतिमा वृद्धि हुन थाले । वर्तमान सहकारी ऐनले सहकारी संघसंस्थाहरुलाई पूर्ण स्वायत्तता प्रदान गरेको छ । सरकारको तीन खम्बे अर्थनीति अन्तर्गत सहकारी क्षेत्र पनि पर्दछ । सहकारी भनेका संस्था जुन समुदाय र मानव विकासको लागि प्रतिबद्ध हुनुपर्दछ । सहकारीका दुई राष्ट्रिय उद्देश्य गरिबि निवारण र दिगो विकास गर्नु रहेका छन । बेलायतको म्यानचेस्टर शहरमा सन् १९९५ को सेप्टेम्बरमा अन्तराष्ट्रिय सहकारी महासंघले सातवटा सहकारी सिद्धान्तहरु स्वीकृत गरेको छ । जसअनुसार खुल्ला सदस्यता,सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण,सदस्यहरुको आर्थिक सहभागिता,सहकारी शिक्षा एवं सुचना र संचार,स्वायत्तता र स्वतन्त्रता,सहकारीहरु बीच सहयोग र सामाजिक दायित्व रहेका छन् । नेपालमा सहकारीहरु बचत तथा ऋण सहकारी,बहुउद्देश्यीय सहकारी,शिक्षा तथा स्वास्थ्य सहकारी,समुहमा आधारित सहकारी,दुग्ध उत्पादक सहकारी,व्यवसाय सहकारी,कृषि सहकारी,सामाजिक उपभोक्ता सहकारी,सार्वजनिक उपयोगिता सहकारी आदि प्रकारका रुपमा संचालित रहेका छन । सहकारीका नीतिनियम,योजना तर्जुमा,विकास र प्रवर्धन गर्नका लागि विक्रम सम्वत २०४९ साल कार्तिक २१ गते राष्टिय सहकारी विकास बोर्डको पनि गठन भएको छ । नेपालमा सर्वप्रथम विक्रम सम्वत २०१३ साल चैत्र २० गते चितवनको बखानपुरमा बखान सहकारी संस्था को स्थापना गरियो । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक दिन मानेर हरेक वर्ष चैत्र २० गते सहकारी दिवस मनाइने गरिएको छ । यसैलाई आधारभूमि मानेर विक्रम सम्वत २०६३ साललाई सहकारी आन्दोलनको स्वर्ण महोत्सव वर्षका रुपमा मनाइयो ।

 


नेपालमा २०४७ को व्यवस्था पछिका सरकारले पनि सहकारीको विकासका लागि आवश्यक नीतिनियम बनाउने र आफ्ना योजनामा यसको विकासका लागि गर्ने काममा धेरै नै योगदान पु¥याएको देखिन्छ । त्यसबेला देखि नै सरकारले केही योगदान नपु¥याएको भए आज यती छिटो र छोटो समयमा सहकारीको विकास सम्भव हुने थिएन । यसैको फलस्वरुप आज सहकारी क्षेत्र धेरै अघि बढिसकेको छ । सहकारीको आर्थिक उद्देश्य हासिल गर्ने लक्ष्य भएपनि सामाजिक भावना विकास गर्नु यसको अर्को उद्देश्य हुनुपर्दछ । समुदायमा सदस्यहरुको मानसिकता,सामूहिक छलफल,तर्क गर्ने क्षमताको विकासका साथै समग्रमा समुदायका सदस्यमा व्यक्तित्व विकासका लागि पनि सहकारीले आफ्नो तर्फबाट प्रभावकारी भूमिका खेल्न सक्नुपर्दछ । सहकारी संस्थाले बचत तथा ऋणको कारोबार सहित अन्य सेवामुलक कार्यक्रम संचालन गर्नु अत्यन्त उदाहरणीय र अनुकरणीय मानिन्छ । जुन पछिल्लो समयमा त्यस्ता कार्यक्रमहरु भई पनि राखेका छन । सहकारी संस्थाका सबलपक्ष र कमजोरी आन्तरिक पक्ष हुन भने अवसर र चुनौति बाह्य पक्ष हुन । त्यस्तै सहकारी संस्थालाई सबलपक्ष र अवसरले फाइदा पु¥याउँछ भने कमजोरी र चुनौतिले बेफाइदा पु¥याउँछ । त्यसैले सहकारी संस्थालाई सफल रुपमा संचालन गरिराख्न यी कुरालाई पनि ध्यान दिँदै अघि बढनु पर्दछ । सहकारीलाई व्यवस्थित गर्न नीतिनियम विनियम,जिम्मेवारी र स्रोतको उचित व्यवस्थापन हुन आवश्यक छ । भविष्यमा सहकारीलाई अझ प्रभावकारी बनाउन समुदाय केन्द्रित विभिन्न योजनाहरु बनाई काम गर्न आवश्यक छ । सहकारीले समुदायमा आफुमा भएका ज्ञान,सीप,अनुभव एवं पूँजीको अधिकतम प्रयोग गरी प्रविधिको विकासमा सहयोग गर्ने,जीविकोपार्जन सुधारका कार्यक्रमहरु संचालन गर्ने,वस्तु तथा सेवाका उत्पादन र उत्पादकत्वमा वृद्धि गराउने,समुदायमा अनियन्त्रित रुपमा भएको मुल्यवृद्धिलाई नियन्त्रण गर्नुका साथै सुलभ मुल्यका सहकारी पसलहरु संचालनमा ल्याई समग्रमा देशको प्रतिव्यक्ति आय तथा राष्ट्रिय आयमा वृद्धि गराई मुलुकलाई आत्मनिर्भर बनाउन आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ ।
सहकारीले पनि समुदाय र सहकारीका सदस्यहरुको जीविकोपार्जन सुधारमा विभिन्न समुदायस्तरमा काम गर्दै आएका गैह्र सरकारी संघसंस्थाहरुसँग मिलेर विभिन्न कार्यक्रमहरु संचालन गर्न तत्परता देखाउन सक्नुपर्दछ । समुदाय माझमा सहकारी राम्रो हुन नियमित बैठक,योजनाबद्ध क्रियाकलाप,नियमित र उचित बचत र असूलिको दर,योग्य नीतिनियमको व्यवस्था,सदस्य र पदाधिकारीहरुमा सक्रिय सहभागिता र बाहिर सुमधुर सम्बन्ध जस्ता पक्षमा दरिलो हुनुपर्दछ । जसले गर्दा समुदायबाट सदस्य बढाउन र सहकारीको स्रोत बढाउन आधारशिला तयार हुन्छ । समुदायमा छरिएर रहेका समूह समूहमा गई समूह र सहकारीको दिगोपना बारे जानकारी दिँदै सहकारी हाम्रो हो भन्ने भावना जागृत गराउने गर्नुपर्दछ । समुदायका बलियाबाङ्गालाई मात्रै हाईन सबै वर्ग र तहका जनतालाई उत्तिकै महत्व दिनुपर्दछ । सही ढङ्गबाट गरिएको दिगो तरिकाद्धारा समूहमा रहेको कोषलाई परिचालन गर्न सहकारीमा ल्याउनुपर्दछ । समुदायबाट ल्याइएको कोषलाई सहुलियत ऋणमा समुदायमा नै परिचालन गर्न चुक्नु हुदैन । जसले गर्दा समुदाय र सहकारी बीचको सम्बन्ध प्रगाढ बनिरहन्छ । संकलित पूँजिलाई लगानीका क्षेत्रहरु किटान गरि समुदायका सबै तहमा समान रुपमा परिचालन गर्न सक्नुपर्दछ ।  सहकारी व्यवसायको लागि मात्रै होइन समुदायको सेवा र विकासको लागि हो भन्ने कुरा सहकारीले बुझ्नुपर्दछ । समुदायमा सहकारीको आवश्यकता बचतको विकास गराउनु,सम्बन्ध विकास गर्नु,सामाजिक समस्या समाधान गर्नु, रोजगारिका अवसर सिर्जना गर्नु,योजनाबद्ध आर्थिक विकासमा जोड दिनु र जीविकोपार्जन क्षमतामा विकास गर्नु रहेको हुन्छ । सहकारीका नीतिनियमहरुलाई समय सापेक्ष परिवर्तन गर्दै जानु,सहकारीको क्षेत्र सानो हुने भएकोले यसको क्षेत्रलाई विस्तारै विस्तार गर्दै जाने,समुदायमा सहकारी शिक्षा कार्यक्रमहरु संचालन गर्न सहकारी र सरकार साझेदारि कार्यक्रमहरु पनि संचालन गर्न तत्परता देखाउनु आवश्यक हुन्छ । सहकारीको सोच समुदायमा सदैव हामी सबैको उन्नत जीवन र खुसीयालीका लागि पुँजीको श्रृजना गर्नु रहेको र सोका लागि समुदायलाई सहकारीमा ल्याउने र उनीहरुको जीविकोपार्जन सुधार कार्यमा अग्रणी भूमिका निर्वाह गर्नुपर्दछ । समग्रमा सहकारीले उद्देश्य,सिद्धान्त,योजना,निरन्तरको अभ्यास र धैर्यताका साथ गरिएका प्रयासले समुदायमा दिने योगदान पूर्ण हुन्छ ।

Share.

Leave A Reply