समाजमा परिर्वतन ल्याउन उल्टो दिशामा पनि बहन सक्ने क्षमता हनुपर्दछ – पूर्व डिआइजी खरेल

0


मंसिर १० गैंडाकोट । नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेलले समाजमा परिर्वतन ल्याउन उल्टो दिशामा पनि बहन सक्ने क्षमता हुनुपर्ने बताउनुभएको छ । विजय फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै खरेलले सफलता सहजै नआउने बताउनुभयो ।  विजय फाउन्डेशन नेपालले कक्षा ११ र १२ पढ्ने छात्र छात्राहरुलाई आफ्नो भविष्य निर्धारण गर्न सहयोग पु¥याउने हेतुले आयोजना गरेको ‘सेप द फ्युचर’ विषयक १ दिने अभिमुखीकरण कार्यक्रममा उहाँले विद्यार्थी जिवनमा सवैभन्दा ठुलो पढाई भएको बताउँदै उहाँले अन्य काममा भन्दा पनि शिक्षामा जोड दिन आग्रह गर्नुभयो । विदेश पढ्न गएपनि पछि स्वदेशमा नै फर्कन उहाँले आग्रह गर्नुभयो । उहाँले २९ वर्षे प्रहरी जिवनमा गरेका अनुभव सुनाउँदै अपराधीको जिवन परिर्वतन गर्न सफल भएको बताउनुभयो ।

Share.

Leave A Reply