समाजको स्वास्थ्य समस्या पहिचानका लागि सहजमा समन्वय समिति गठन

0

डोलराज रानाभाट, २८ चैत्र । सहज सामुदायिक अस्पताल गैडाकोट ४ ले समाजमा हुने स्वास्थ्य समस्या पहिचान र त्यसको समाधानको खोजी गर्ने उद्देश्यले सहज स्वास्थ्य समन्वय समिति गठन गरेको छ ।

अस्पताल संचालक समितिका सचिव लक्ष्मी भट्टराईको संयोजकत्वमा वडा नम्वर ४ का पदाधिकार, महिला संजाल, टोल विकास संस्था, युवा क्लव लगायतको प्रतिनिधित्व हुने गरि समिति गठन गरिएको हो । संस्थाका अध्यक्ष तिर्थराज रिमालको सभापतित्वमा भएको कार्यक्रमले सहज स्वास्थ्य समन्वय समिति गठन गरेको छ ।

यो समितिले समाजमा सहज तरिकाले स्वास्थ्य सेवा पुर्याउन सहयोग गर्ने र स्वास्थ्य समस्याहरुको पहिचान गरि स्वास्थ्य शिक्षाका तालिम संचालनमा सहकार्य गर्ने संयोजक लक्ष्मी भट्टराइले जानकारी दिनुभयो ।

साथै आफ्नो भावि योजनाका लागि आज छलफल पनि गरेको छ । समुदाय माझ लोकप्रिय वन्दै गएको अस्पतालले आज वडानम्वर ४ भित्र रहेका जनप्रतिनिधी, बिभिन्न संघसस्था,  महिला समूह,टोल सुधार ,युबा कलव लगाएतको उपस्थितीमा अस्पतालले भविष्यमा के कस्ता स्वास्थ्य सेवा प्रवाह गर्ने र अझै समाजमा कसरी अघि बढ्ने भन्ने विषयमा अन्तरक्रिया गरेको हो ।

वडान ४ का अध्यक्ष कृष्ण प्रसाद न्यौपानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा  मेडिकल अफिसर विवेक सापकोटा र संस्थागत को वारेमा अध्यक्ष तिर्थराज रिमालले अस्पताको वारेमा प्रष्ट्याउनुभएको थियो ।

Share.

Leave A Reply