समयमानै बजेट परिचालन गर्न गैडाकोट ५ का जनप्रतिनिधीलाई वडावासीको सुझाव

0

गैडाकोट, २७ पौष ।
गैडाकोट वडा नम्बर ५ का स्थानीयले जनप्रतिनिधिहरुले वजेट समयमा नै परिचालन गर्न नसकेको बताएका छन । उनिहरुले समयमा नै बजेट बिनियोजन र बजेट परिचालन गर्न समेत सुझाव दिएका छन । पुर्ण सरसफाई उन्मुख वडा घोषणा संगै त्यसको व्यवहारिक पक्षलाई पनि ध्यान दिनुपर्ने उनिहरुले बताएका छन ।
जनप्रतिनिधिहरुले वजेट समयमा नै परिचालन गर्न आवश्यक रहेकोमा स्थानीय शान्ति अधिकारीले जोड दिनुभयो ।

पुर्ण सरसफाई उन्मुख वडा घोषणा संगै अनुगमन आवश्यक रहेको समाजसेवी ईन्द्रराज ज्योती पौडेलले बताउनुभयो ।

महिलाको क्षेत्रमा एकदमै कम बजेट बिनियोजन भएको वडा ५ की महिला सञ्जालकी अध्यक्ष रञ्जिता आचार्यले बताउनुभयो उहाले काम गरेजस्तो मात्र नभएर काम गरेरै देखाउन आग्रह गर्नुभयो ।

वडाध्यक्ष नबराज कंडेलले सवैको सल्लाहमा नै बजेट विनियोजन गरेको भन्दै बजेट कम भएकाले सवैलाई समेट्न नसकिएको बताउनुभयो र आगामी समयमा हुने अन्य कार्यक्रमलाई निरन्तरता दिने समेत बताउनु भएको छ ।कार्यक्रममा उहाँले सार्वजनिक सुनुवाईले नागरिकका समस्या सम्बोधन गर्दै अघि वढ्ने बताउनु भयो । साथै उहाँले वडाका काम पारदर्शी रुपमा गर्न जनप्रतिनिधीलाई सजग गराउन आग्रह समेत गर्नुभयो ।

उहाले यस आ ब ०७५र ७६ मा वडालाई बाल मैत्रि वडा निर्माण गरिने र पुर्ण सरसफाई उन्मुख वडा घोषणा गरिने योजना रहेकाले त्यसका लागी अहिल्यै बाट कसरत गरिरहेको बताउनु भयो । समग्रमा वाडभित्र आबाश्यक पर्ने र जरुरि रहेका योजनामा नगरपालिका र बडा तत्पर रहेको समेत बताइएको छ । गैडाकोट नगरपालिका भित्र वाड नं ५ मा सबै भन्दा बढि बजेट बिनियोजन भएकाले जस अन्र्तगत पहिलो प्राथमिकतामा सडकलाई स्थान दियको र काम धमाधम भैरहेको पनि जानाकारि गराउनु भयो ।

कार्यक्रममा समाजसेवी मदनभक्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा सदस्यहरु , समाजसेबि , लगायत वडाबासीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम गैडाकोट ५ मा रहेको गणेश मन्दिर को परिसरमा सञ्चालन गरियको थियो । कार्यक्रममा वडा स्तरिय बजेटको खर्च विवरण वडाध्यक्ष नबराज कंडेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नगरकार्यपालीका सदस्य कुमारी रेखा पौडेलले गर्नुभएको थियो । सार्बजनिक सुनुवाईमा स्वागत मन्तव्य वडा सदस्य पार्बती सापकोटाले राख्नुभएको थियो ।

Share.

Leave A Reply