सहकारी समन्वय मञ्च गैँडाकोटमा महत्त्वपूर्ण तीन निर्णय , मञ्चद्वारा अपांग संस्थालाई सहयोग

0


गैँडाकोट, २९ माघ । सहकारी समन्वय मञ्च गैँडाकोटको सोमबार ३१ औँ नियमिति बैठक सम्पन्न भएको छ । गैँडाकोट ९ को सूर्यदिप महिला बचत तथा ऋण सहकारी संस्थाको अतिथ्यमा भएको कार्यक्रमले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । सहकारी ग्रामको रुपमा परिचित गैँडाकोट नगरपालिकाको वाड नं. १ को मौलाकालिका मन्दिरको फेदीमा सहकारी ग्राम झल्कने कलात्मक स्वर्ण स्तम्भ निर्माण गरिने बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले चैत २० गते हुने राष्ट्रिय सहकारी दिवशका सन्दर्भमा तेस्रो संस्करणको रुपमा स्मारिका प्रकाशन गरिने र स्थानीय तहमा सहकारी सञ्चालनका लागि ऐन निर्माणका लागि समन्वय मञ्चका संस्थापक अध्यक्ष खेमराज सापकोटाको संयोजकत्वमा १० सदस्यीय सुझाब समिति गठन भएको छ । सदस्यहरुमा तिलक पराजुली, बेदप्रसाद गौडेल, कुलप्रसाद पाण्डे, मुकुन्द पौडेल, गोपाल श्रेष्ठ, चन्द्रमणि पौडेल, शान्ति कोइराला, माधवप्रसाद गौतम, केशब पौडेल रहनुभएको छ । ३१ औँ नियमित बैठकका प्रमुख अतिथि गैँडाकोट नगरपालिका उपप्रमुख विष्णुकुमारी कंडेल सापकोटाले सहकारी समन्वय मञ्चले गठन गरेको सुझाब समितिको मस्यौदालाई सहकारी विद्हरुको संगको छलफलबाट पास गराउन नगरपालिकाले सकरात्मक भूमिका खेल्ने बताउनुभएको छ । नियमिति घुम्ति बैठक सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नियमित बैठक अघि समन्वय मञ्च गैँडाकोटले मानविय सेवाका लागि अपांग जीवन विकास संस्था अपांगता मानव सेवा आश्रम गँैडाकोट १० लाई खाद्यान्न सहयोग गरेको छ । सोमबार मञ्चका सदस्यहरु आश्रममै पुगी एक क्वीन्टल चामल र २५ किलो दाल र तेल सहयोग गरेका छन् । मञ्चका सदस्यहरुले व्यक्तिगत रुपमा आर्थिक सहयोग समेत गरेका छन् । बेदप्रसाद गौडेलले १ हजार, मनोहरी अधिकारीले १ हजार, चन्द्रमणि पौडेलले ५ सय, यमलाल कंडेलले ५ सय, केसव पौडेलले ५ सय, पार्वती भण्डारीले ५ सय, राजेन्द्र उपाध्यायले ५ सय र झलककाजी पौडेलले ५ सय सहयोग गर्नुभएको थियो ।
गँैडाकोट १० पितौजी गोर्खा ब्रुअरी गेट अघि रहेको आश्रममा २७ जना अपांगता भएका व्यक्तिको पालनपोषण भइरहेको छ । मानविय सेवा र आश्रममा अरुलाई पनि सहयोग गर्ने भावना जागृत होस् भनि मानविय कल्याणको कामलाई सहकारी समन्वय मञ्चले प्रोत्साहन गरेको समन्वय मञ्च गैँडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलले बताउनुभयो । ओझेलमा परेको समाजिक संस्थाको प्रचारात्मक अभियानमा पनि यसले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । आश्रमका अध्यक्ष बालकृष्ण सापकोटाले सहयोगले उमंग र जोश थपेको बताउनुभयो । स्थापना भएको करिब १ बर्ष पनि नपुगेको संस्थामा अहिले २७ जना अपांगता भएका व्यक्तिहरुले आश्रय लिइराखेका छन् । जस मध्ये ५ जना असाहाय वृद्ध रहेका छन् । खाद्यान्न सहयोग कार्यक्रममा विभिन्न सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply