‘सभामुखको सन्तुलन क्षमता गुम्यो’ ः नेपाली काँग्रेस

0

डोलराज रानाभाट,असार ३, गैडाकोट । आज संसदमा भएको घटनाप्रति काँग्रेसले आपत्ती प्रकट गर्दै सभामुखले सन्तुलन क्षमता गुमाएको आरोप लगाएको छ । आज एक विज्ञप्ती जारी गर्दै सभामुख प्रधानमन्त्रीको लाचार छायाँको रुपमा प्रस्तुत भएको र सन्तुलन कायम गर्न नसकेको बताएको हो । प्रवक्ता विश्वप्रकाश शर्माद्धारा जारी विज्ञप्तीमा जनताको आवाजलाई प्रतिपक्षले संसदमा उठाउँदा बोल्न नदिएर प्रधानमन्त्रीलाई पालो दिनुनै प्रतिपक्ष स्वरलाई निषेध गर्न खोजिएको बताएको हो  । प्रतिपक्षबाट काँग्रेस सभापति शेर वहादुर देउवाले वोल्ने समय माग्दा सभामुख महराले प्रधानमन्त्रीलाई रोष्टममा बोलाएर पहिला प्रधानमन्त्रीको भनाई सुन्न पटक पटक आग्रह गर्नुभएको थियो । तर काँग्रेसले भने पहिलो प्रतिपक्षको आवाज सुनेर अनि जवाफ दिन माग गरेको थियो ।

थप हेर्नुहोस् विज्ञप्ती

Share.

Leave A Reply