सबैको साथः विजय एफएमको अभियानमा राहत

0

गैँडाकोट भदौ ।

 

विजय एफएमले सुरु गरेको राहत अभियानमा सहयोग रकम संकलन जारी छ । भरतपुर ३ चितवनको ब्राउन बर्ड ह्याचरी प्रा ली ले अभियानमा सहयोग स्वरुप नगद ५ हजार रकम हस्तान्तरण भएको छ । ह्याचरीका प्रबन्धक सन्तोष श्रेष्ठले विजय एफएमको स्टुडीयोमा आई रकम घोषणा गरी चेक हस्तान्तरण गर्नुभएकोहो ।

हालसम्म विजय लघुवित्त वित्तिय संस्थामा कार्यरत कर्मचारीले १ लाख रुपैया सहयोग गरेका छन् । गैंडाकोट ४ झपर्दीमा रहेको झपर्दी नमुना टोल विकास संस्थाले १० हजार र कन्चन आमा समूहद्धारा १० हजार राहत सहयोग प्राप्त भएको छ । त्यस्तै गैंडकोट ५ मा रहेको विजय सामुदायिक शिक्षा सदनका जुनीयर रेडक्रस सर्कलद्धारा संकलित ५ हजार ३ सय ५५ रुपैँया पनि विद्यार्थीले हस्तान्तरण गरेका छन् ।

एकदिनको खाजा स्वरुपको पैसा कटौती गर्दै कक्षा ४ देखी १० कक्षासम्मका ईच्छुक विद्यार्थीबाट सो रकम संकलन गरेको सर्कलका अध्यक्ष आदेश वाग्लेले जानकारी दिनुभयो । विजय परिवारद्धारा सञ्चालीत विकू बचत तथा ऋण सहकारी संस्थामा भिडिआरसीको नाममा रहेको खाता नं १०० मा रकम जम्मा गर्न सकिने छ । सो खातामा विजय एफएममा कार्यतर कर्मचारी तथा सञ्चालकवाट ४० हजार, विकू वचत तथा ऋण सहकारीमा कार्यतर कर्मचारीका तर्फवाट करिब ४५ हजार, विजय विकास स्रोतकेन्द्रमा कार्यरत कर्मचारीका तर्फवाट ३० हजार रकम जम्मा भएको छ । राहत संकलन अभियानमा गैँडाकोट वोर्डिग स्कुलबाट बिद्यार्थी शिक्षक र कर्मचारीको तर्फबाट १५ हजार सहयोग आएको छ ।
विजय एफएमको बार्षिकउत्सवको अवसर पारेर सोमबार गैँडाकोट ९ थुम्सीबाट कृपा सापकोटा र सिर्जना कण्डेलले नगद रु १५ हजार ५ सय २ रुपैया प्रदान गर्नुभएको थियो । अभियानमा नवलपरासी सहयता समाज बेल्जियमले १ लाख सहयोग गरिसकेको छ । सहयोग गर्न ईच्छुकले ९८५५०५१८०२ मा सम्पर्क गरि सकिनेछ ।

 

Share.

Leave A Reply