सबैको रोजाई बन्दै गैँडाकोट फनपार्क

0

गैँडाकोट । आइतबार साँझ ५ बजे भरतपुर महानगर वडा नं. ७ का आषुतोश शर्मा आफ्ना साथीहरुमाझ गैँडाकोट ५ मा रहेको फनपार्कमा भेटिए । सबै साथीहरुसंगको गेट टुगेदरका लागि गैँडाकोट उपयुक्त त्यसमाथि पनि फनपार्कले सजिलो बनाएको शर्माको भनाइ रहेको छ । पूर्वपश्चिम राजमार्ग नजिक रहेको शान्त वातावरणले पनि फनपार्क बढी आनन्द लागेको शर्माले बताउनुभयो । दशैँ विदामा साथीहरुसंग गेटटुगेदरका लागि उपयुक्त ठाउँ रहेको उहाँको भनाइ थियो । उहाँसंगै आएका अर्का साथी मिलन श्रेष्ठको रुचिको क्षेत्र स्वीमिङ रहेछ । फनपार्क भित्रै रहेको स्वीमिङ पुल उहाँका लागि यहाँ आउनुको फाइदा रहेछ ।


रत्ननगर निवासी प्रदीप आचार्यले दशैँ विदामा मामाघर आएका भान्जा भान्जीलाई गैँडाकोट फनपार्कमा लिएर आउने बताउनुभयो ।  मामाघर आएका बेला भान्जाभान्जीले घुमाउन लैजाउनुस भन्दा कहाँ लिएर जाने उपयुक्त ठाउँ नहुँदा समस्या हुने गर्दथ्यो । कोलाहल र व्यस्त शहर नारायणगढबाट वरिपरिका क्षेत्र उपयुक्त हुने भएकाले शास्वतधामकै बाटोमा पर्ने भएकाले गैँडाकोट फनपार्क उपयुक्त रिफ्रेसमेण्ट सेन्टर भएको आचार्यको भनाइ छ । परिवारका लागि पनि घुमघामका लागि उपयुक्त क्षेत्र नवलपुरका शास्वतधाम, मौलाकालिका मन्दिर, गँैडाकोट फनपार्क लगायतका क्षेत्र रहेको आचार्यले बताउनुभयो ।


बालबालिकाका लागि वातावरणमैत्री वातावरण भएको चिल्ड्रेन पार्क आकर्षणको केन्द्र विन्दु भएको छ । दशै विदामा पारिवारिक जमघट र घुमघामका लागि अथवा दशैँका शुभकामना आदान प्रदान गर्नका लागि फनपार्कमा सबै व्यवस्था मिलाइएको फनपार्कका सञ्चालकको दाबी रहेको छ । होटल सर्भिस, बेन्क्वीट सर्भिस, रेष्टुरेन्ट, स्वीमिङ ट्रेनिङ, स्टिम वाथ लगायतका सेवा फनपार्कमा उपलब्ध रहेको सञ्चालक नारायण सापकोटाले बताउनुभयो ।


फनपार्कको कटेजमा भेटिनुभएका ब्राउन वर्ड ह्याचरीका सन्तोष श्रेष्ठलाई अफिसियल मिटिगं, बर्थडे सेलिव्रेसनका लागि पनि छुट्टाछुट्ै कटेज राम्रो लागेको बताउनुहुन्छ । फ्रिवाइफाई र एसि सहितका कोठाले अफिसियल काम र मिटिगंका लागि पनि फनपार्क उपयुक्त लागेको श्रेष्ठको बुझाइ रहेको छ ।


गैँडाकोट नगरपालिकाको कार्यालय अगाडि रहेको गैँडाकोट फनपार्कका प्रेम सापकोटाले गैँडाकोट फनपार्कले दशैँको समयमा विशेष छुट दिएको बताउनुभयो । स्वीमिङमा पुलमा २५ प्रतिशत छुट दिइएको सापकोटाले बताउनुभयो । होटलमा बस्ने सेवाग्राहीका लागि निशुल्क स्विमिङ र खानामा १० प्रतिशत छुट दिइएको सापकोटाको भनाइ छ । रेष्टुरेन्टमा सबैप्रकारको खाना र इटालिएन फुडका लागि गैँडाकोट फन पार्क विशेष रहेको छ । दशैँ विदामा इटालिएन फुडमा सबैको आकर्षण बढ्ने सापकोटाले बताउनुभयो ।

Share.

Leave A Reply