सबैको रोजाई कावासोती

0

गैँडाकोट, २७ भदौ । निर्वाचन आयोगले टुक्रिएर दुई जिल्ला बनेको नवलपरासीमा जिल्ला समन्वय समिति तत्काल गठनका लागी निर्देशन दिएको छ । यता नवलपरासीमा दाउन्ने पुर्वको नवलपुर खण्डको नाम के राख्ने र सदरमुकाम कहाँ कायम गर्ने भन्ने बिषयले चर्चा पाउन थालेको छ । केही दिन अघि कावासोतीमा नेपाली काँग्रेसको नेतृत्वमा मुख्य तथा साना दल र मधेषी दलको समेत सहभागीतामा बसेको सर्वपक्षीय बैठकले कावासोतीलाई नै सदरमुकाम बनाउन पहल थाल्ने निर्णय गरेको छ ।
“प्राबिधीक हिसाबले पनि, भौगोलीक, राजनीतीक र प्रशासनीक हिसाबले सबै हिसावले कावासोती केन्द्रभाग पनि पर्छ । त्यसैले नवलपुर खण्डका सबै दल जनप्रतीनिधी, प्रशासन, सुरक्षा निकाय सबैले सहमत भएर नवलपुर खण्डको सदरमुकाम कावासोती नै बनाउनुपर्छ भन्ने म्यान्डेड बनेको छ । अब काठमाण्डौँ पुगेर प्रधानमन्त्री समक्ष नाम पनि र सदरमुकाम पनी कायम छिटो कायम गर्न डेलीगेसन जाँदैछौँ ।” काँग्रेस जिल्ला सभापती बिष्णु लामीछानेले बताउनुभयो ।
उहाँका अनुसार कावासोतीमा यसअघि पनि ईलाका प्रशासन स्थापना भैसकेकाले सदरमुकाम बनाएर सेवा दिने सहज हुनेछ । “हामीले एक किसिमले मिनि सदरमुकामका रुपमा प्रयोग गरीसकेको ठाउँ पनि हो । केही संरचना बनीसकेका छन् । ईलाका प्रहरी, ईलाका प्रशासन, मालपोत जस्ता कार्यालय बनीसकेकाले हामीले अब अरु विकल्प खोजीरहन पर्ने आवश्यकता म देख्दीन ।” लामीछानेले भन्नुभयो ।
दुई बर्ष अगाडी नै दुई जिल्ला बनाएर दाउन्ने पुर्वखण्डलाई नवलपुर जिल्ला बनाउनुपर्ने बताउदै आईरहेको नेकपा एमालेले पनी कावासोती बाहेक अर्को उचीत विकल्प नभएको बताउँछ । नेता तिलक महतले कावासोतीलाई सदरमुकाम बनाएर ईलाका प्रशासनलाई पहाडी क्षेत्रमा सानुपर्ने बताउनुहुन्छ । “हाम्रो दुई बर्ष अगाडीको प्रदेश कमिटिको बैठकबाटै निर्णय गरेर नवलपुरको सदरमुकाम हाल पनि सदरमुकाम नै रहेको कावासोती बनाउने भनेर लविङ गरीरहेको हो ।” महतले भन्नुभयो । कावासोतीमा ईलाका स्थापना गर्न ठुलो संघर्ष भएको भन्दै उहाँले कावासोतीका हालका सेवाकेन्द्र पहाडमा सार्नु पर्ने बताउनुभयो । “हिजो जनताले मालपोत, नापी ईलाका ठुलो संघर्ष गरेर स्थापना गरे । सोही हिसावले पनि यहाँ सदरमुकाम बन्नुपर्छ । अर्को कुरा अब यहाँको ईलाका मालपोत नापी सबै पहाडी गाउँपालीकालाई केन्द्रीत गरेर त्यहाँ पनि प्रशासनीक ईकाईका रुपमा स्थापना गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो ।” महतले प्रष्ट पार्नुभयो । तिन ठुला दलमध्ये नेकपा माओबादी पनी नवलपरासीको पुर्वी खण्डको सेवासुविधा, विकास, दुरी, सबै हिसावले केन्द्र पर्ने र सबै जिल्लाबासीलाई सहज हुने गरी सदरमुकाम बनाउनुपर्नेमा छ । माओबादी नेता धनप्रसाद सापकोटा कावासोतीलाई मध्यनजर गर्दै कार्यालय स्थापनाका लागी यसैको सेरोफेरो रहने गरी सदरमुकाम बनाउनुपर्ने बताउनुहुन्छ । “त्रिवेणी देखी पहाडी क्षेत्र हुग्दीकाली पनि हेर्नुपर्छ । सबै क्षेत्रलाई समेट्दा कावासोती नै उपयुक्त क्षेत्र हो भन्ने हाम्रो धारणा हो ।” सापकोटाले भन्नुभयो ।
कावासोतीमा बसेको सर्वदलीय सवैपक्षीय बैठकमा मधेषकेन्द्रीत दलहरु राष्ट्रिय जनता पार्टी, संघिय समाजवादी फोरम लगायत जिल्लामा सबै दलको समर्थन रहेको काँग्रेस जिल्ला सभापती बिष्णु लामीछानेले जानकारी दिनुभयो ।

 

 

कावासोती सदरमुकाम बन्ने धेरै आधार छन्ः गण्डर्षी
नवलपरासीको भौगोलीक, ऐतीहासीक तथा प्रशासनीक अवस्थाबारे जानकार रहनुभएका पत्रकार भुपेन्द्र शर्मा “गण्डर्षी” ले २०१५ सालको निर्वाचनमा नै नवलपरासी दुई टुक्रामा नै देखीएको बताउनुभयो ।
“ईतीहास हेर्दा नवलपुरको भाग पनि ३ भागमा रहेको कावासोती कुमारवर्ती र कोल्हुवा एक भाग, रजहरदेखी बेल्डीहा अमरामुरी मुकुन्दपुर सम्मको पुरानो सिसवार अर्को भाग र तमासपुरदेखी पश्चिम त्रिवेणीसम्मको क्षेत्र पनि मणीमुकुन्दको पालादेखी तिन तप्कामा छ ।” उहाँले भन्नुभयो । “पछि तनहुँबाट छुट्टीएर गैँडाकोट क्षेत्र नवलपरासीमा गाभिएदेखी नै पाल्पाका केही क्षेत्र नवलपरासीमा गाभिएदेखी नै गैँडाकोटदेखी त्रिवेणी सम्मको पायक पर्ने ठाउँ नै सदरमुकाम हुनुपर्छ भन्ने बहस हो । र त्यसका लागी कावासोती उपयुक्त भन्ने जिल्ला समन्वय समिति र दलबिच सहमती हो ।”
उहाँको ठम्याईमा कावासोती सेवा सुबिधाको सञ्चार र उत्तर पश्चिम पुर्व पश्चिम दुरीले उत्तम क्षेत्र छ । “हामीले कावासोती बसेर बुलींगटार हेर्नुपर्छ । त्यहाँका मान्छे पैदल हिँडेर पनि कावासोती आउने गर्छन् । उनीहरुका अधिकांस आफन्त कावासोती र आसपासमा बस्छन् । गैँडाकोटबाट आउँदा ३० किलोमिटर छ, दाउन्नेबाट ४० किलोमिटर छ, अलीकती टाढा त्रिवेणी हो तर कोही पैदल आउँदा त्यत्ती अप्ठेरो पर्ला जस्तो लाग्दैन् ।” उहाँले पुरानो बस्ती पनी कावासोतीमा रहेको र बस्ती विस्तार हुँदै गएकाले अब कावासोतीलाई सदरमुकाम बनाउन उचीत रहेको बताउनुभयो । “यो पुरानो ठाउँ हो, पुराना बस्ती हेर्ने हो भने कावासोती रजहर कुमारवर्तीमा मणीमुकुन्दका पालादेखीको बस्ती छ । यो अहिले नयाँ कावासोती बनेको छ । पुरानो कावासोती ओझेलमा परेको् छ, यसमा गैँडाकोट देखी विनयी त्रिवेणी र पहाडी क्षेत्रका वासिन्दा पनि सहमतीमा आउनुपर्छ । त्यसका लागी छलफल गरौँ सहमती जुटाऔँ कता कता मध्यबिन्दु वा गैँडाकोटमा कार्यालय राख्ने कि भन्ने गाँईगुँई सुनीन्छ त्यो त्यत्ती तार्किक छैन् ।” गण्डर्षीले भन्नुभयो ।

Share.

Leave A Reply