सन्दर्भः अन्तर्रा्ष्ट्रिय बालिका दिवस तीनसय बालिका रेडियोकर्मी/विजय एफएमबाट स्नेहाले गरिन् टेकओभर

0

विजय एफएम, २५ अशोज

देशभरका सामुदायिक रेडियोबाट आज ३०० बालिकाले एकै साथ कार्यक्रम संचालन गरेका छन् । अन्तर्रा्ष्ट्रिय बालिका दिवसको अवसरमा आयोजना गरीएको टेक ओभर कार्यक्रममार्फत किशोरीहरुले रेडियोमा सरोकारवालाहरुसँग बहस गरेका छन् ।
सामुदायिक रेडियो प्रशारक संघ अकोराब र अन्तर्रा्िष्ट्रय गैरसरकारी संस्था प्लान इन्टरनेशनलको सहकार्यमा म बालिका भएकाले भन्ने नाराका साथ छैठौं अन्तर्रा्ष्ट्रिय बालिका दिवस मनाईंदैछ । तीनसय किशोरी आज एकदिन नयाँ रेडियोकर्मीको भूमिकामा देखिएको यो नयाँ र पहिलो कार्यक्रम पनि हो ।
यसअघि कहिल्यै रेडियोमा काम नगरेका बालिकाहरुले सम्बन्धित रेडियो बहसमूलक रेडियो कार्यक्रम चलाएका छन् । कार्यक्रममा १४ देखि १९ बर्षसम्का किशोरीको सहभागितामा भएको छ ।
यसैविच सुने जितिन्छ बिजय एफएम १०१ दशमलव ६ मा विहान ८ बजे प्रशारण भएको कार्यक्रम हाम्रो नगरमा विशेष बहस भएको छ । हाम्रो नगरमा बालबालीकाको बिषयमा र त्यसमा पनि किशोरीहरुका बिषयमा सरोकारवालाहरुसंग विजय शिक्षा सदनमा अध्यननरत किशोरी स्नेहा वि क ले बहस गरेकी थिईन । सो कार्यक्रम बुधबार साझ ५ बजे पुन प्रशारण हुँदैछ ।
हेर्नुहोस् भिडियो ।

https://www.youtube.com/watch?v=eoC1TlVOlEM&feature=youtu.be

Share.

Leave A Reply