सडक, खानेपानी, फोहोर व्यवस्थापन, जनताका समस्या मेरा प्राथमिकता हुन्

0

 

नवलपरासीको गैंडाकोट ४ पूर्व पश्चिम लोकमार्गसँग जोडिएको क्षेत्र हो । यहाँ बाटोको मुख्य समस्या रहेको वडाबासीले आवाज उठाएका छन् । त्यस्तै गैंडाकोट ४ मा जम्ने पानीको  समस्या वर्षातको मुख्य समस्या हो । यी बाहेका अन्य सानातिना समस्या पनि रहेका छन् । यी समस्या समाधानको जिम्मा वडा अध्यक्षमा कृष्णप्रसाद न्यौपानेको काँधमा आइपरेको छ । स्थानीय तह निर्वाचन २०७४ बाट नवलपरासीको गैंडाकोट वडा नम्बर ४ मा वडा अध्यक्षमा कृष्णप्रसाद न्यौपाने विजयी हुनुभयो । पहिलो चरणमा भएको यो निर्वाचनबाट निर्वाचित न्यौपानेसँग वडाको विकासका योजना के छन् अनि समस्या समाधान कसरी गर्नुहुन्छ ? यस विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ गैंडाकोट वडा नम्बर ४ मा वडा अध्यक्षमा निर्वाचित कृष्णप्रसाद न्यौपानेसँग गरिएको कुराकानीको सम्पादित अंश ः

 

निर्वाचनबाट विजयी भएपछिका दिन कसरी बितिरहेका छन् ?

अहिले निर्वाचन पछि सामान्य खालका सम्मान, बधाइ तथा शुभकामना कार्यक्रमहरु भइरहेका छन् तिनै कार्यक्रममा नै सहभागी छु । यी बाहेक खासै अन्य काम भएका छैनन् ।

 

वडा अध्यक्षमा निर्वाचित भएपछि कस्तो महसुस गर्नुभयो त्यतिबेला ?

यो गौरव र गरिमाको कुरा पनि हो । निर्वाचनमा सहभागी हुँदै गर्दा कस्तो कस्तो लागेको
थियो । मिश्रित समुदाय र अन्य पार्टी पनि सशक्तरूपमा थिए । तर विजय हासिल गरेपछि खुसी लाग्यो र गर्वको महसुस पनि भयो ।

 

कुनै जिम्मेवार बोध भएको छैन ?

सम्भावना पनि उस्तै छ र चुनौती पनि उस्तै छ । अहिले नीति निर्माण भइनसकेको अवस्था र वडावासीका चाहना धेरै छन् । २० वर्षदेखि हुन नसकेको कामको अपेक्षा वडावासीमा हुनु स्वाभाविक पनि
हो । विकासका पूर्वाधारहरू अलमलिएको अवस्था छ । सम्भवतः केही नीति बन्यो र बजेट आएपछि त्यो गर्न सकिएला भन्ने लाग्छ ।

 

वडाले पाएका अधिकार कत्तिको उपयोगी र सान्र्दभिक छन् जस्तो लाग्छ ?

अहिले जुन अधिकार दिएको अवस्था त्यो कार्यान्वयन गर्न पायो भने त्यो कम छैन । नीति निर्माणको सन्दर्भको कुरा गर्ने हो भने सिंहदरबारको अधिकार गाउँगाउँमा भनिएको छ तर नीति बनी नसक्दा त्यो अधिकार प्राप्त भइनसकेको खण्डमा आशावादी बन्न सकिन्छ ।

 

खासमा वडा नम्बर ४ का समस्या के के छन् ?

सबैभन्दा पहिले त बाटोको निकै समस्या रहेको छ । यो २१ औँ शताब्दीमा पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । दक्षिणी भेगमा विकास भएपनि उत्तरी भूभागतिर हेर्ने हो भने सुकुम्बासीको समस्या छ । रोजगार पाउने अवस्था छैन । स्वरोजगारका लागि चेतनाको स्तर विकास गर्न सकिएको छैन । खानेपानीको त्यति ठूलो समस्या छैन । गैंडाकोट ४ को अर्को समस्या भनेको भल निकास पनि हो । वर्षातको समयमा मौलाकालिकादेखि आएको पानी कहाँ पठाउने त्यो समस्या छ । नाला र मुख्य त बाटो नै हो । ग्राभेल बाटो पिचका लागि नगरसभामा उठाउने छु । सडक, खानेपानी, फोहोर व्यवस्थापन, जनताका समस्या मेरा प्राथमिकता हुन्

 

यी समस्या समाधानका लागि तपाईंले के पहल गर्नुहुन्छ ?

बाटो निर्माणका लागि सम्बन्धित क्षेत्रसँग पहल पनि गरिरहेका छौं । ६०÷४० को अवधारणाअनुसार करिब करिब २०० मिटर पिचको पूर्व तयारी गरिरहेका छौं ।

 

गैँडाकोट ४ मा कति बाटो निर्माण गर्नुपर्ने आवश्यक छ ?

अहिले नै यसै भन्न सकिने अवस्था छैन । त्यो नापेको पनि छैन । कति बाटोमा यस्तो समस्या छ अध्ययन गर्न बाँकी नै छ । तर एउटा त्रिशक्ति टोलबाट झपर्दी हुँदै पानीट्याङ्की हँुदै कालिगण्डकी जोड्ने बाटो मुख्य बाटो हो जुन सुचारु पनि छ । यो जतिबेला जग्गा जमिनको नापजाँच भयो त्यतिबेलादेखि नै सरकारी बाटो हो । सबैको आँखामा पर्ने बाटो र गैँडाकोट ४ को मुख्य बाटो पनि हो । मुख्य गरी राजमार्गदेखि उत्तरतर्फ जोड्ने सहज अस्पतालनजिकको बाटोमा समस्या छ । झपर्दीको पानी ट्याङकीदेखि माथि कालिगण्डकी जोड्ने बाटोको स्तर उन्नति गर्नुपर्ने छ । सानातिना तर धेरै तत्काल यस्ता बाटोको स्तरोन्नति गर्नुपर्ने छ ।

 

अति आवश्यक यी बाटाहरू बनिहाल्यो भने वडाबासीहरुलाई के फाईदा हुन्छ ?

यातायात जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा हो । गाँस, बास, कपाससँग जोडिएका अति आवश्यक नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने बाटो नै हो । चाहे त्यो प्रत्यक्ष होस् या अप्रत्यक्षरूपमा बिरामी पर्दा, आगलागी हुँदा दमकल आएन भने त समस्या हुन्छ । अब मौलाकालिकादेखि भल आउने भएकोले ढलसहितको बाटो निर्माण गर्नुपर्ने देखिएको छ ।

 

अर्को वडावासीले फोहरमैलाको समस्या पनि छ भन्छन् यस विषयमा के सोच्नुभएको छ ?

सबैभन्दा राम्रो कुरा उठाउनुभयो । मूलतः सबैभन्दा ठूलो कुरा भनेको चेतनाको अभिवृद्धि हो । मेरो वडामा चेतना कम भएका मान्छे छन् जस्तो लाग्दैन । अनि वडा नम्बर ४ मेरो वडामा ८ वटा टोल विकास संस्था रहेका छन् । हरेक टोल विकास संस्थाले गर्ने काम र योजना हामीले खोज्छौँ र उनीहरुले पनि गरिरहेका छन् । तर कहिलेकाहीँ बाह्य व्यक्तिले फोहर गर्न सक्छन् । यो बजारमा मार्केटिङ गर्ने या जड्याँहाहरुले त्यो गर्न सक्छन् । अहिले हामीले नै गर्नसक्ने अवस्था छैन तर नगरपालिकाले फोहर उठाइरहेको छ । यो त्यति ठूलो समस्या पनि होइन र यसलाई सामान्यरूपमा लिन पनि हँुदैन । नगरपालिकाबाट पनि भइरहेको अवस्थामा मैले पनि पहलकदमी गर्ने छौं ।

 

अर्कोपटक कुरा गर्दा फेरी यो समस्या आउँदैन ढुक्क भए हुन्छ ?

अहिले त्यो ठ्याक्कै यसै भन्न त सकिँदैन तर टोलवासीसँग सल्लाह गरेर त्यो समस्या आउन नदिन टोलका पदाधिकारीलाई राखेर फोहरमैला नियन्त्रण गर्न पहल गर्नेछु । मलाई लाग्छ अर्कोपटक त्यो समस्या आउन नदिन सल्लाह गर्छु । यो अर्कोपटक फेरी उठ्न नदिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
शिक्षाको क्षेत्रमा पहलकदमी भएन भन्ने वडावासीको गुनासो छ नि ?

अब शिक्षाका बारेका चासो नराखेको त होइन। सानो जनक भनेर चिनिने एउटा जनक प्रावि छ । र पनि कुरा के हो भने शिक्षाको क्षेत्रमा यसले धेरै राम्रोसँग गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । उत्तरी क्षेत्रबाट आउनलाई त्यही बाटोको समस्या
हो । फेरी त्यति टाढा पनि होइन । बालबालिकालाई आउनजान समस्या  हो । वरीपरि प्रशस्त बोर्डिङहरु पनि छन् । बोर्डिङको पहुँचमा नभएकाहरुलाई पनि बोर्डिङ सरह सरकारी विद्यालय जनक प्राविले त्यो कमीको महसुुस गर्न दिएको छैन भन्ने कुरा व्यक्त गर्न चाहन्छु ।

 

यहाँले अघि खानेपानीको समस्या छैन भन्नुभयो, यहाँहरुकै वडामा गैंडाकोटकै ठूलो खानेपानी संस्था पनि छ तर सबै वडाबासीका घरमा खानेपानी पुगेको छैन ?

खानेपानीको समस्या विकरालका रूपमा छैन । प्रतिशतको हिसाबले शत प्रतिशत पु¥याउन सकिँदैन । यसलाई त्यसरी लिन
हुन्न ।
तर वडाबासीले धेरैले त्यो समस्या व्यक्त गरेका छन् ?

ती कुरा छाड्नुस् । म खानेपानीको अघिल्लो कार्यकालको सदस्य पनि हो । नयाँ नयाँ बाटो खुलेको हुनाले सबै ठाउँमा एकैपटक पाइपलाइन विस्तार त हुँदैन । नयाँ प्लटिङमा यो समस्या हो । त्यहाँ पनि बिस्तारै पाइपलाइन विस्तार हुन्छ । मेरो वडाको लगभग ९५ प्रतिशत घरमा खानेपानीको समस्या छैन भन्दा हुन्छ ।
सुरक्षित पानी पुगेको छ ?

असाध्यै सुरक्षित पानी पुगेको छ । अब नपुगेको ठाउँमा स्टिमेट गरेर पु¥याउँछौ ।

 

पानीको महसुलसमेत धेरै भो भन्ने पनि छ नि ?

त्यति धेरै खानेपानी चलेको छ । १ हजार लिटर बराबर ७० रुपैयाँ पैसा लाग्छ । १० हजार लिटर बाराबर १ हजार होइन ? मान्छेले २० रुपैयाँमा एक बोतल पानी किन्दा महङ्गो हुँदैन तर ७० रुपैयाँमा १ हजार लिटर पाउँदा महङ्गो भन्नु भएन । त्यति धेरै व्यवस्थापन गर्नुछ यसलाई त्यसरी नबुझिदिनुहुन अनुरोध गर्दछु । यस विषयमा सबैको होइन केही व्यक्तिमा त्यो समस्या होला म त्यसका लागि पनि छलफल गर्न तयार छु ।

 

गैंडाकोट ४ अन्य समस्या पनि छन् धेरै समस्याका बाबजुद अबका काम के हुन्छन् ?

राज्यले आना नागरिकका लागि हरेक कुराको प्रत्याभूति दिलाउनुपर्ने हो । र त्यति भन्दै गर्दा नागरिकले पनि राज्यको मुख ताकेर बस्नुहुँदैन । केही स्वरोजगार गरेर पनि गर्न सकिन्छ । भौगोलिक बनावट त्यस्तै छ जडिबुटी, पशुपालन, पंक्षि हरेक क्षेत्रमा सम्भावना छ । म पनि त्यहीबीचबाट आएको हुँ । मैले पनि सरकारी जागिर खाएर यहाँ आएको हैन । अहिले मसँग १० जनाले रोजगार पाएका छन् यसको खोजी पनि गर्नुप¥यो ।

 

वडा कार्यालय नहुँदा केही समस्या छ ?

समस्या त हुने भइहाल्यो तर पनि अहिले नगरपालिकाको कार्यालयमा नै एउटा टेबल कुर्ची छ । त्यहीँबाट केही सिफारिसको सामान्य काम भइरहेको छ । घर, बिजुली लगायतका सिफारिसका कामका लागि वडाबासीले मलाई सम्पर्क गर्न सक्नुहुन्छ । अहिले भर्खरै ५ वटा पोल र तार गाड्न सफल भएको छु । गैंडाकोट ४ मा शोभाखर घिमिरेको घरदेखि पछाडि त्यो पोल गाड्न सफल भएको छु । यसलाई पहिलो कामका रूपमा लिएको छु र सफल भए भन्ने लागेको छ । खुसी लागेको छ । मेरो जिम्मेवारी पूरा गरे भन्ने पनि लागेको छ ।
आगामी दिनमा पनि यस्तै सफलता मिलोस् शुभकामना छ र कुराकानी र समयका लागि धन्यवाद छ ।

यहाँलाई पनि धेरै धेरै धन्यवाद छ ।

Share.

Leave A Reply