सडक उपभोग दस्तुर संकलन केन्द्र गैंडाकोट (ढाँट) मा आगजनि

0

प्रेम क्षेत्री, असोज १६, गैंडाकोट ।  पुर्व पश्चिम राजमार्ग अन्र्तगत गैंडाकोट ८ मा रहेको सडक उपभोग दस्तुर संकलन केन्द्र गैंडाकोट (ढाँट) मा आगजनि गरिएको छ ।
संकलन केन्द्रमा रहेका कर्मचारीले स्थानियलाई अभद्र व्यवहार गरेको भन्दै स्थानियले आगजनी गरेका हुन् । आगजनीबाट ढाँटमा रहेका विलहरु, ईन्भटर, टेबल कुर्सी, विग्रएर रहेको अवस्थाको सिसि क्यामेरा नष्ट भएको छ । साथै संकलन केन्द्रमा रहेको करिब १ लाख नगद पैसा चोरी भएको त्यहाँका कर्मचारीले जनाएका छन् । आईतबार रातीदेखी नयाँ टेण्डर परेको थियो । सुनकोसी कन्सट्रक्सन नेपाल प्रा लीले ठेक्का लिएको छ । यसअघि ४ करोडमा ठेक्का लिएर सञ्चालन भईरहेको अवस्थामा अहिले ८ करोडको ठेक्का लिएको जनाईएको छ ।


नाम नबताउने सर्तमा एक सञ्चालकले यो स्थानियले नभई ठेक्कामा भएको असहमती र कमिसनको खेल हुन सक्ने बताएका छन् । स्थानियले भने नजिकै घाँस काट्न जाँदा, विद्यालय जादाँ आउँदा, नगरपालिका सम्म जादाँ आउँदा पनि दस्तुर लिने गरेको भन्दै पटक पटक कर तिर्नुपर्दा हैरानी व्यहोर्नुपरेको बताएका छन् । उनिहरुको व्यवहार पनि ठिक नभएको आरोप लगाउँदै आएका छन् । केहीवेर अवरुद्ध दस्तुर उठाउने कार्य पुनः सुचारु भएको छ ।
नगरपालिकाको मध्ये भागमा हुदाँ आफ्ठयारो भएको भन्दै यसलाई यहाँबाट विस्थापन गरि नगरपालिकाको सिमानामा राख्नुपर्ने बताएका छन् । ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरिक्षक लोकबहादुर जिसीले आगजनी भएपनि अहिलेसम्म लिखित उजुरी नपरेको बताउनुभयो ।
यसअघि गैंडाकोट २ पुल्चोकबाट गैंडाकोट ८ विजयचोक हुदैं वस्ति नभएको स्थानमा संकलन केन्द्र सारिएको थियो । सडक बोर्ड नेपालबाट ठेक्का लिई नारायणगढ बुटवल सडकखण्ड अन्र्तगत गैंडाकोटमा सडक उपभोग दस्तुर संकलन केन्द्र राखिएको थियो । बिरामी बोकेको एम्बुलेन्स, बारुणयन्त्र, विदेशी कुटनितिक सवारी साधनहरुबाहेक अन्य सम्पूण सवारी साधनमा उपभोग दस्तुर लाग्ने सडक बोर्ड नेपालले जनाएको छ ।

Share.

Leave A Reply