संस्कृत शिक्षाजस्तो प्रत्युत्पादक अर्को शिक्षा छँदै छैन – स्वामी आत्मानन्द गिरी

0

अध्यात्म, योग, ध्यान, धार्मिक जीवन, यो जन्म र यो जन्मभन्दा पछाडी जन्मजन्मका लागि आवश्यक रहेको धार्मिक विश्वास । धर्मगुरुहरु सृष्टि नै धार्मिक विश्वासमा अडिएको बताउँछन् । धर्मसँग भएको विज्ञानमा नै साŒिवक शान्तिको निखार छ । मान्छेदेखि चराचर जीव र जगत्को सृष्टि, स्थिति र सञ्चालन कर्ता ब्रÞमा, विष्णु र महेश्वर हुन् । आत्मामा परमात्मा हुन्छन, शरीर नाशवान् छ । ईश्वरको शक्तिले “अध्यात्मवाद सत्य यथार्थमा जीवन्त छ, रहिरहनेछ । परमात्माको शक्तिले नै संसारको उत्पत्ति, विकास र प्रलय हुन्छ । प्राकृतिक उथलपुथल हुन्छ ।” शास्त्रले ‘सर्वं खल्विदं ब्रÞम’को सर्वव्यापी रुपमा ब्रह्माण्ड शक्तिलाई उद्घोष गरेको छ । दैवी शक्ति, विश्वास र ईश्वरीय अर्चनाबाटै मानव जीवनले शान्ति र मोक्षलाई प्राप्त गर्छ । वेदव्यास एक्लैले लेखेका शास्त्रज्ञानको अथाह सामथ्र्यसँग कसैले जुहारी खेल्नु त फलामको चिउरा चपाएर पचाउनु नै हो । भित्रतिर हेर्न जान्ने मान्छेले जीवन र जगत्लाई बुझ्न सक्छ । वेदले व्यावहारिक, श्रमशीलता, सामाजिक एकता, नैतिक आदर्शता अनि स्वास्थ्य शिक्षा र मानवीय गुणको धर्मलाई सिकाएको छ । संस्कृत शिक्षाले समाजमा नैतिकतातर्फ डो¥याएको हुन्छ, तर यसको अनुसरणभन्दा पनि त्यसबाट टाढिँदै गएका हामीले अब संस्कृतको महŒव बुझ्नुपर्ने आध्यात्मिक ज्ञानका धनी, अध्यात्म दर्शनका पथप्रदर्शक गलेश्वर आश्रम देवघाट धामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजीको भनाइ छ । संस्कृतको महŒव, देवघाट धामको धर्मिक महŒव र माघमा आयोजना गरिने विराट् ज्ञान महायज्ञका विषयमा महाराजसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सम्पादित अंश ।

 

स्वामीजी यहाँलाई हार्दिक स्वागत छ ।
धन्यवाद, नारायण, हरि ओम् ।

 

गलेश्वर आश्रमको पीठाधीश हुनुहुन्छ, यो आश्रम के हो ? यसले के गर्दछ ?
आश्रम शब्दको अर्थ हुन्छ आश्रय स्थल । धेरै अध्यात्म, धर्म, संस्कार र संस्कृतिका लागि मात्रै आश्रमले काम गर्ने गर्दछन् । यसैगरी गलेश्वर आश्रमले पनि अध्यात्म जागरण, धर्म संस्कार र संस्कृतिका लागि काम गर्ने गरेको छ । देवघाट भनेको भौगोलिक दृष्टिले तीन अञ्चल र तीन जिल्लाको संगम र धार्मिक दृष्टिले त्रिशूली नदी, गोसाइँ कुण्डबाट प्रवाहित भएर आएको त्रिशूली नदी र दामोदर कुण्डबाट बग्दै आएको कृष्णगण्डकी यी दुई वटा नदीको अन्तिम विन्दु देवघाट हो ।
देवघाटको नाम कसरी रहन गयो ?
वास्तवमा एउटा संस्कृत शब्द अटन त्यसको अर्थ हुन्छ घुम्नु, पर्यटन । त्यसैगरी देशाटन, देशविदेशमा घुम्ने भएकाले देशाटन, तीर्थहरुमा घुम्ने भएकाले तीर्थाटन, जुन क्षेत्रमा देवताहरु घुम्ने गर्दछन्, अटन गर्दछन् । त्यस क्षेत्रको नाम देवाटन । देवाटन पछि अपभ्रंश हुँदै देवघाट नाम भएको हो ।
यसमा कुनै तर्क छैन विश्वास मात्रै हो ?
यो विश्वास नै हो, महापुरुषहरुले विभिन्न शास्त्रहरुमा व्याख्या गर्नुभएको छ ।

 

जहाँ मानिसहरुको जनघनत्व बढी छ, जहाँ अध्यात्मको खाँचो छ, त्यस्ता ठाउँमा पो आश्रमको स्थापना गर्नुपर्दछ, देवघाट त यसै पनि आध्यात्मिक क्षेत्र हो नि होइन र ?
होइन, धर्ममा आस्था भएका मानिसहरु धार्मिक क्षेत्रमा नै जानुहुन्छ, जसलाई विश्वास छैन उसको आँगनै लगेर आश्रम राखेपनि उसलाई त्यसको महŒव हुँदैन ।
धार्मिक क्षेत्रमा बस्ने आश्रयमा बस्नेहरुले धर्मलाई के योगदान दिन्छन् ?
धर्मले भने विपरीत कर्म गर्दैन, नेपालमा बसेका व्यक्तिले नेपालको संविधानलाई के सहयोग गर्दछन् भन्ने प्रश्न आयो । संविधान मान्नु नै संविधानलाई सहयोग गर्नु हो । संविधानको कार्यान्वयन गर्नु हो । धर्मलाई मान्नु र धर्मले सिकाएको बाटोमा अभ्यस्त गराउनु नै धर्मलाई योगदान दिनु मात्र नभएर समाजलाई सही दिशामा लैजानका लागि सहयोग गर्नु पनि हो ।
हिन्दु धर्म सनातन छ भनिन्छ, यो धर्म नभएर विज्ञान हो पनि भनिन्छ, यति हुँदा हुँदै पनि युवा समुदायको आकर्षण लगाव किन कमी देखिन्छ ?
यसमा दुई वटा कारण छन् । एउटा कारण अहिलेको शिक्षा पद्धतिले धर्म, संस्कार र संस्कृतिलाई उपेक्षा गरिदिएको छ । यसको साथसाथै मेरो छोरो, मेरा नाति, मेरी छोरी, मेरी नातिनी सबै चरित्रवान् बनून्, नैतिकवान् बनून् धार्मिक बनून, आस्थावान् बनून् भन्ने तर्फ कसैको पनि ध्यान गएको छैन । जति पनि शिक्षाका केन्द्रहरु छन् सबै व्यावसायिक भएका छन् यसले गर्दा पनि हो ।
संस्कृत विद्यालयहरु, गुरुकुलहरु नैतिकता र आचरणको साथसाथमा किन व्यावासायिक बन्न सकेका छैनन् र किन ?
व्यावसायिकता हुने हो भने त्यही विकृत खेल सुरु हुन्छन् नि, अवसरमा पनि हामीसँग नभएको होइन, यो शिक्षाको पनि अवसर छ, अहिलेको आधुनिक शिक्षाको आधारशिला भनेकै संस्कृत शिक्षा नै हो । अहिलेको विज्ञानको आधार शिला पनि संस्कृत शिक्षा नै हो । हामीले चाँहि यसमा अवसर देखिरहेका छाँै । हामी व्यवसायी हुनै सक्दैनौँ । हाम्रो लक्ष्य व्यावसायिकता हुँदै होइन ।
संस्कृत शिक्षा लिने व्यक्तिले भविष्यमा अवसर पनि देख्नुप¥यो नि ?
हामीले त अहिले व्यावसायिक शिक्षा पनि थप गरेका छौँ । हाम्रो गुरुकुलमा खाली चण्डी र रुद्री मात्र पढाइँदैन, हाम्रो गुरुकुलमा साहित्य पढाइन्छ, व्याकरण, गणित र भूगोल पनि पढाइ हुने गर्दछ । यिनीहरुका साथ साथमा अंग्रेजी पनि पढाइ हुने गरेको छ । हाम्रो जुन आध्यात्मिक विज्ञान हो । त्यो हामी पूराका पूरा दिन्छाँै । धर्मविज्ञान, अध्यात्मविज्ञान दिइरहेका छौँ । हामीले प्राविधिक विज्ञानलाई अहिलेसम्म समेट्न सकेका छैनौँ । यसका लागि भावी दिनमा अवश्य पनि समावेश गरेर अघि बढ्ने सोचमा पनि छाँै ।
संस्कृत शिक्षालाई अनुत्पादक विषय, अनुत्पादक शिक्षा भन्ने गरिन्छ ?
म यस्तो ग्यारेन्टेड बोली बोल्न चाहन्छु, संस्कृत शिक्षा जस्तो प्रत्युत्पादक अर्को शिक्षा छँदै छैन । गुरुकुलबाहेक अन्य विद्यालयमा पढेका भाइबहिनी आठ कक्षामा पढ्दा पढ्दै स्वरोजगार भएको कसैले मलाई उदाहरण दिन सक्नुहुन्छ । तर हाम्रो गुरुकुलमा नेपाल सरकारकै शिक्षा पद्धतिबाट अध्ययन गरेको बटुकले मासिक रुपमा ८÷१० हजार रुपैँया कमाउँछ । यति मात्रै होइन, अरु शिक्षा लिएको व्यक्तिलाई सरकारले ६० वर्षपछि रिटायर्ड गर्दछ, योग्य मान्दैन तर गुरुकुलको विद्यार्थी ९० वर्षको उमेरसम्म पनि शारीरिक रुपमा सक्षम भएको खण्डमा सबै स्थानमा पुजनीय रहन्छ, काम गर्न पाइरहन्छ, कमाइ पनि साथसाथमा गरिरहेको हुन्छ ।
अब अलिकति विराट् ज्ञानमहायज्ञतर्फ लागाँै ? यो कस्तो खालको यज्ञ हो ?
भगवान्लाई पनि ठूलै मन्दिरमा राखिएको खण्डमा सबैले पुज्ने रहेछन्, सानो कक्षमा बस्नुभएका भगवान्लाई हेर्दा पनि हेदैनन्, आखिर भगवान् जहाँ बसे पनि ईश्वरको महिमा सानो कहाँ हुन्छ र । देवघाट संगम स्थलमा आउने व्यक्तिले संगमस्थलको ऐतिहासिक र धार्मिक महŒव बुझ्दैन र भन्छ “यो त दुईवटा खोला मिसिएको पो हो त” । त्यो खोला मिसिएको होइन करोडाँै हिन्दुहरुको आस्था र विश्वासको संगम हो, सनातन हिन्दु धर्मको धरोहर पवित्र गराउने तीर्थ पो हो त । हो यही आस्था बुझाउन, महŒव बुझाउन हामीले मन्दिर बनाउन लागेका छौँ । १२ वर्ष अघिको संकल्पका साथ अघि बढेका थियौँ, ६ वर्ष पहिले शिलान्यास गरेका थियौँ, आज गौरवपूर्व म भन्न सक्छु । नेपालमा नेपाली शैली मल्लकालीन वास्तुकलाले युक्त भएको नेपाली शैलीको प्यागोडा शैलीको मन्दिर देवघाटको गलेश्वर आश्रमले बनाएको नयाँ मन्दिरको अर्को कुनै वैकल्पिक मन्दिर नै छैन ।
यो मन्दिर निर्माणका लागि लागत कति लाग्ला ?
आजको समयसम्म आठ करोडको लागत लागिसकेको छ । नेपाल सरकारको एक पैसा प्रयोग भएको छैन । कुनै एनजीओ, आइएनजीओको एक पैसा लागू भएको छैन । भक्तहरुको दानदातव्यबाट मात्रै यो मन्दिर निर्माण भएको छ ।
मन्दिर त बनेछ फेरि यो महायज्ञ केका लागि ?
मन्दिर पनि विशाल छ, शिवलिङ्ग पनि विशाल छ, वेदले भनेको विधिअनुसार यो यज्ञ गर्दै छाँै । वेदको विधिअनुसार मन्दिरको प्राणप्रतिष्ठा गर्दैछौँ । पहिलो अनुष्ठानको विधि छ अतिरुद्र महायज्ञ, १४ हजार ६ सय ४१ पटक रुद्री पढ्नुपर्ने हुन्छ । यतिपटक पढ्दा १ सय २१ लघुरुद्री, ११ महारुद्री, एक अतिरुद्री हुन्छ । यसैका साथसाथमा एकसय आठ भागवत सप्ताह गर्दैछाँै । यसैगरी १८ पुराण पाठ गर्नेछाँै । चार वेद वाचन हुने छन् । यी सबैका लागि करिब ३ सय जना ब्राÞमणले ११ दिनसम्म पाठपारायण गर्नेछन् । विभिन्न कर्ताहरु बनाएर कर्ताको सहयोगबाट नै यो यज्ञ सम्पन्न गर्ने हाम्रो तयारी रहेको छ । यही माघ २१ गतेदेखि फागुन २ गतेसम्म यो विराट महायज्ञ आयोजना हुँदैछ । यस महायज्ञमा सबैलाई उपस्थितिका लागि हार्दिक आग्रह गर्न चाहन्छु ।
समय दिनुभयो, यसका लागि धन्यवाद स्वामीजी
धन्यवाद, हरि ओम्, हरि ओम्, हरिओम् ।

Share.

Leave A Reply