संस्कृति संरक्षणमा नेपाल, चीन र भारत एक हुने प्रतिवद्धता

0

बुटवल २ मंसिर । एसियाली प्राकृतिक दर्शनको विकासमा तीन देश एक हुने अठोट सहित लुम्बिनीमा भएको अन्र्तराष्ट्रिय सेमिनार सकिएको छ । नेपाल, चीन र भारतले पूर्विय दर्शनको विकास र खोज अनुसन्धानका लागि एक हुनुपर्ने आवश्यकता औल्याएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र चीनको बेइजिङ नर्मल युनिभर्सिटीको सहकार्यमा भएको सेमिनारमा नेपाल, चीन र भारतका बौद्ध विद्धानको सहभागिता रहेको थियो । अहिलेको विज्ञान सभ्यताअघिको प्राचिन सभ्यताको पुर्नउत्थान, खोज अनुसन्धान र प्रवद्र्धन गर्ने उद्देश्यले यो सेमिनार आयोजना गरिएको हो ।
सेमिनारमा विज्ञहरुले २४ वटा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमाथि सामुहिक छलफल हुदै पूर्विया दर्शनको खोजसंगै प्रचार पनि आवश्यक रहेको निष्कर्ष निकालिएको छ । अध्ययन, अनुसन्धान र प्रवद्र्धनका लागि नेपाल, चीन र भारतका विश्वविद्यालयले काम गर्नुपर्ने निष्कर्ष समेत सम्मेलनले निकालेको छ ।
नेपालको लुम्बिनी बौद्ध विश्वविद्यालय, चीनको बेइजिङ नर्मल विश्वविद्यालयले सहकार्यमार्फत संस्कृति आदान प्रदानमा जोड दिनेछन् । नेपाल भारत र चीनमा फैलिएको बौद्ध दर्शन, भारत र नेपालमा रहेको हिन्दु दर्शन र चीनमा रहेको ताओ र क्न्फुयुसिजमको एकैसाथले अध्ययन र अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
सेमिनार समापन कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका निमित्त उपकुलपति तिलक आचार्यले बौद्ध विश्वविद्यालयले प्राचीन संस्कृतिको अध्ययन अनुसन्धानमा आधारित रहेर नै शैक्षिक कार्यक्रम बनाएको बताउदै त्यसको व्यापकतामा जोड दिने बताउनुभयो । विश्वमा भइरहेका आविष्कारहरु पूर्विय दर्शनमा प्रभावित रहेको भन्दै उनले त्यसको सही प्रचार आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बेइजिङ नर्मल युनिर्भसिटीका प्रोफेसर लिउ स्याओ थिङ्गले विज्ञान र पूर्विय दर्शनलाई एकैस्थानमा राखेर अध्ययन आवश्यक रहेको बताउनुभयो । आफूले २० वर्षसम्म विज्ञान अध्ययन गरेपछि अहिले पूर्विय सभ्यताको अध्ययनमा जुटेको भन्दै उनले पूर्विय दर्शनबाटै विज्ञान विकसित भएको बताउनुभयो । इश्लामिजम, क्रिश्यानिजमहरु धेरै समय प्रभाव पार्न नसकेको भन्दै सानो क्षेत्रमा उदय भएर पनि बौद्ध दर्शन विश्ववयापी हुनुका पछाडि ठूलो शक्ति रहेको उनले दाबि गर्नुभयो । बौद्ध दर्शन विज्ञान नै रहेको बताउनुभयो  ।
सेमिनारमा नेपालीका तर्फबाट ८, चिनियाका तर्फबाट १३ र भारतका तीन विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । ती कार्यपक्रमाथि चीन, नेपाल र भारतका विज्ञहरुले टिप्पणी र छलफल गरेका थिए ।

Share.

Leave A Reply