संविधान विरोधी गतिविधि रोकिनुपर्छ

0

धनगढी, १४ माघ

नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले संविधान विरोधी गतिविधि हुन नदिन तरुण जाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।

 

आज यहाँ गरिएको विरोध प्रदर्शनपछि आयोजित सभामा अध्यक्ष बस्नेतले देशमा भ्रष्टाचार, बलात्कारलगायतका घटना बढ्दै गएको भए पनि सरकारले रोक्न नसकेको आरोप लगाउनुभयो ।

 

सभामा काङ्ग्रेसका जिल्ला उपसभापति प्रकाश बमलगायतले बोल्नुभएको थियो । यस अघि स्थानीय ट्राफिक चोकबाट निस्केको विरोध ¥याली बजारका मुख्य भाग हुँदै पार्क मोडमा पुगेर सभामा परिणत भएको थियो ।- (रासस)

Share.

Leave A Reply