संविधान दिवसको कुनै कार्यक्रममा समर्थन र सहभागी हुदैनौ ः थाकस नवलपुर

0

कावासोती असोज २
थारु कल्याणकारीणी सभा नवलपरासीले संविधान दिवसको अवसरमा आयोजीत कुनैपनी कार्यक्रममा सहभागी नहुने जनाएको छ । थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिति नवलपरासीले सोमबार एक विज्ञप्ती जारी गर्दै समर्थन गर्न नसक्ने पनि जनाएको छ । भुमिपुत्र थारुहरुको पहिचान र सिमांकनको मुद्दा लगायतका अन्य मागहरु सम्बोधन गर्न नसकेको भन्दै आपत्ती जनाएको छ । थारु कल्याणकारीणी सभा नवलपुरका जिल्ला सभापती रामप्रसाद महतोद्धारा हस्ताक्षरीत बिज्ञप्तीमा नेपालको संविधान २०७२ जबसम्म संसोधन हुदैंन तवसम्म यो संविधानलाई पुर्णरुपमा समर्थन गर्न नसक्ने बताउनुभयो । साथै उहाँले संविधान दिवसका अवसरमा हुने कुनैपनि कार्यक्रममा सहभागी र समर्थन हुन नसकिने बताउनुभयो । असोज ३ गते अर्थात भोली संविधान दिवस मनाईदैंछ ।

Share.

Leave A Reply