संबिधान उदार भयो सरकार अनुदारः उपमेयर कंडेल

0

गैँडाकोट १६ भदौ ।

गैँडाकोट नगरपालीकाकी उपप्रमुख बिष्णु कंडेल सापकोटाले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने सवालमा संबिधान उदार भएको तर सरकार अनुदार भएको बताउनुभएको छ । शुक्रबार श्रीराम पार्टी प्यालेसमा भएको सरस्वती निकेतनको एक कार्यक्रमलाई संबोधन गर्दै उपप्रमुख कंडेलले सिंहदरबारको अधिकार नगरमा भनीए पनी बास्तविक अधिकार प्रदेश र केन्द्रको चुनावपछि कानुनले निर्धारण गर्ने र त्यसपछी शैक्षिक निति पनी बनाएर अघि बढ्ने बताउनुभयो ।
01 voice bishnu kandel 16-05-074 finalll
कक्षा १२ का बिद्यार्थीले कक्षा ११ का बिद्यार्थीलाई स्वागत गर्न गरेको कार्यक्रममा प्रमुख अतिथीका रुपमा साढे २ घण्टा कार्यक्रम स्थलमा रहनुभएकी कंडेलले मन्तव्यका क्रममा बिद्यार्थीलाई व्यवहारीक शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।

02 voice bishnu kandel 16-05-074 finalll
बिद्यालय व्यवस्थापन समितीका अक्ष्यक्ष टोलनाथ घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गैँडाकोट वडा नं १ का वडाध्यक्ष हरिप्रसाद सापकोटा, बिद्यालयका प्राचार्य भरतवावु कंडेल, कक्षा ११, १२ का संयोजक कमल तिवारी, बिद्यालय संचालक गणेश सापकोटा, श्रोत व्यक्ती रामबाबु ढकाल, नेपाली काँग्रेस वडा नं १ का सदस्य शिवप्रसाद काफ्ले लगायतले बोल्दै बिद्यार्थीले अभिभावकको लगानी र बिद्यालयको मिहिनेत सम्झेर आफ्नो पढाई अब्बल बनाउन आग्रह गनुभएको थियो । कक्षा १२ का बिद्यार्थी युपेश कंडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण बिद्यार्थीहरु प्रिती अधिकारी र सुजन सिग्देलले गर्नुभएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले नाटक प्रदर्शन, नृत्य तथा विभिन्न प्रतीभा प्रस्तुत गरेका छन् ।

कक्षा १२ मा ६० जना बिद्यार्थीहरुले अध्ययन गरीरहेको बिद्यालयमा हाल कक्षा ११ मा १ सय ६५ बिद्यार्थीले शिक्षा, व्यवस्थापन, विज्ञान र होटल व्यवस्थापन संकायमा अध्ययन गरीरहेका छन् ।

Share.

Leave A Reply