संघर्ष र चुनौतीका बीच आर्थिक समृद्धि

0

पवन सुवेदी
गैडाकोट नगरपालिका १,नवलपुर

हाल देशमा नेपाली जनताबाट बहुमत प्राप्त सरकारको शासन व्यवस्था सञ्चालन भएको छ । अबको समयमा सरकार देशका सबै निकायको सहयोग र लगानीमा वृद्धि गर्न सहमतिकै मार्गमा अगाडि बढ्नु आवश्यक छ । अन्य देशहरुसँग पनि सहकार्य र समिक्षा समयानुकुल गरिरहनुपर्नेछ । सरकारलाई जनताले भरोसा र विश्वास गर्दा काँडा नबिझ्ने हुनुपर्नेछ । सरकार विशेष नेतृत्वकर्ता भई सत्यको खोजी गरी देश बनाउने नीति लिनुपर्दछ । देश बनाउनलाई आर्थिक विषयलाई प्रमुख प्राथमिकता दिनुपर्नेछ । अब देशलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्दछ । यसको लागि निष्पक्ष,सन्तुलित र बहुपयोगी कार्यहरु गर्नुपर्नेछ । देशको उन्नति र प्रगति नै हाम्रो गौरव हो । यो सरकारले देशको लागि गौरवशाली कार्यहरु गरेर देशलाई वैभवको मार्गमा लैजानुपर्नेछ । सरकारप्रति जनतामा निराशाको प्रतिविम्ब नझल्कने हुनुपर्नेछ । आजको समयमा देशका जनतालाई विकास र समृद्धि चाहिएको छ । यसको लागि नेतृत्वकर्ताहरु इमान्दार,कर्तव्यनिष्ठ र कामप्रति प्रतिबद्ध भएर लाग्नुपर्नेछ । देशका सबै धर्म,संस्कार र विभिन्न जातजातिको परम्परा र रीतिरिवाजलाई जोगाउन कुनै कसर बाँकी राख्न हुँदैन । देशमा राष्ट्रियताको दिगो जग बसाउन सम्पूर्ण नेपालीहरुमा देशप्रति जागृत गराउनुपर्नेछ । सरकारको प्रमुख गन्तव्य नै देशमा विकास र आर्थिक समृद्धि हो । यो लक्ष्य हासिल गर्न सरकारले संघर्षको लामो यात्रा तय गर्नुपर्नेछ ।

अब देशको विकास र समृद्धिको लागि स्पष्ट खाकाचित्र कोरेर अगाडि बढौँ । अबको सरकारले देशमा सुशासन कायम गर्न सकोस । सबै मिलेर अघि बढुन,आफ्नो दायित्व बहन गरुन,देशलाई कसरी हुन्छ सही निकास वा बाटो दिउन र आर्थिक समृद्धिमा देशलाई अघि बढाउन दत्तचित्त भएर सबै पक्ष लागुन भन्ने नै जनताको अपेक्षा रहेको छ । यसको लागि सरकार चिन्तनशिल र मर्यादित भएर जनताका आवाज र हिजो जनतामा वाचा गरेका कुरालाई शिरोधार्य गरी कर्तव्यपथमा देशको समृद्धिका लागि होमिनुपर्नेछ । देशमा परिवर्तन हुनु जरुरी छ यो राम्रो कुरा हो । जिम्मेवारी रुपमा अशल पात्र र प्रवृत्ति देखाउन आवश्यक छ । तब देशमा स्वस्थ र उज्जवल दिनको सुरुवात हुनेछ । सरकारले समाज र देशमा परिवर्तन,विकास र समृद्धिको लागि आशाको थालनी गर्न जनताहरुलाई नै नियमित आग्रह गरिरहनुपर्ने र सरकारले पनि एउटा नेतृत्वकर्ताको रुपमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेछ । देशका गम्भिर समस्यालाई स्थानिय वा केन्द्रबाट उचित तरिकाले सुल्झाउनुपर्नेछ । देशको परनिर्भरतालाई सकेसम्म कम गर्दै लैजानुपर्नेछ । देशमा प्रगति,सुशासन,शान्ति र आर्थिक समृद्धिका लागि प्रवाहकारी भूमिका निर्वाहन गर्नुपर्नेछ । देशको पूर्ननिर्माणका लागि छुट्टाईएको रकम वर्षेनी फिर्ता भइरहेको र कामदारको पनि अभाव भएको बेला सरकारले यसको अभाव चाँडो पूर्ति गर्न अग्रसरता देखाउनुपर्नेछ । विकासका गतिविधिमा समता आओस कहीँ शुन्यता,कहीँ सुस्तता र कहीँ तीव्रता नआओस ।

यो सरकार अनगिन्ती चुनौतीको पहाड साथमा लिएर चुचुरोमा बिराजमान छ । देशको समृद्धिको लागि पूर्वाधारको विकास र निर्माण आफ्नै ठाउँमा छ । यो सरकारले जनताबाट मन जित्न विशेषगरि कृषिको विकासमा प्रर्याप्त बजेटको व्यवस्था गरि जनतामाझ पु¥याउनुपर्नेछ । यसको लागि योजनाहरु बनाई व्यापक तयारीका साथ सिघ्र कार्यान्वयनको लागि पहल कदम अगाडि चाली हाल्नुपर्नेछ । राष्ट्रका मेरुदण्ड मानिएका सक्षम युवाहरुलाई उचित तवरले देशको विकासमा व्यवस्थापन गर्नु अर्को चुनौती सामुन्नेमा छ । देशको हितको लागि प्राकृतिक स्रोतको उचित व्यवस्थापन गर्नुछ । कानुनी अड्चनलाई सकारात्मक रुपमा सुधारको मार्गमा हिँडाउनुछ । नीजि क्षेत्रलाई राष्ट्र निर्माणमा अग्रसर गराउन प्रोत्साहन गर्नुछ । कर्मचारीतन्त्रलाई उचित मार्गमा रुपान्तरण गर्नुछ । समस्या र आश्वासनमा रुमल्लिएका जनतालाई मुक्तिको मार्गमा डो¥याउन अहोरात्र लागिरहनुपर्नेछ । विधान विपरितका समिति र संरचनाहरु भंग गर्नुपर्नेछ । राजनैतिक अस्थिरताले नीतिमा स्थिरता आउन नसकिरहेका बेला यसलाई जितेर कार्यहरु गर्नुपर्नेछ । नीतिगत विषयमा सामयिकी सुधार र परिमार्जनलाई तादम्यता कायम हुने गरि प्रमुख प्राथमिकता दिएर कार्यहरु गर्नुपर्नेछ । राष्ट्रिय कामहरु गर्दा समझदारी र आवश्यकता अनुसार गर्नुपर्नेछ । तर राष्ट्रिय काममा निर्णय र कार्यान्वयन गर्दा अल्झो थाप्नेलाई तुरुन्त कारवाहीको दायरामा ल्याउनुपर्नेछ । ऐन र नीतिनियमको ढिलाईले राष्ट्रिय कार्यलाई अलमलमा पारी राख्नु सरकारलाई घाटा सावित हुनेछ । ऐन विपरितका कार्यलाई सुधार गरी कार्यान्वयन गर्नुपर्ने तर विपरित मापदण्डका कामलाई प्रतिबन्ध लगाउनुपर्नेछ । सरकारबाट विधिको उपहास वा नीतिको अवमुल्यन हुने काम भएमा तत्काल सच्याई हाल्नुपर्नेछ । निर्वाचित जनप्रतिनिधिबाट आएको स्थानिय तह कछुवाको गतिमा हिँडिरहेको छ यसलाई प्रभावकारी रुपमा संचालन गर्नुपर्नेछ । जनप्रतिनिधिलाई पनि विद्यमान अवस्था हेरि अभिमुखिकरण दिईरहनुपर्नेछ ।

जनताले चुनेका प्रतिनिधिहरु नयाँ आए तापनि उहाँहरुको उही पुरानै शैलीको कार्यले अझैपनि जनताले सास्ती झेलिरहेका छन । जनतालाई राम्रो,शुखद अनुभूति दिलाउन सरकारले सक्षमता देखाउनैपर्नेछ । यस्तो शैलीलाई सरकारले व्यवस्थित रुपमा प्रभावकारी ढङ्गबाट परिमार्जन र सुधार गर्नु आवश्यक छ । जसले गर्दा जनताले छिटो छरितो र उच्च गुणस्तरको सेवा सहजै प्राप्त गर्न सकुन । अबको समयमा सरकारले देश र जनतामाझ उत्कृष्ट योजना ल्याई सरल र छिटो रुपमा सेवा दिनु अपरिहार्यता छ । देशको समृद्धिका लागि विकास गरिरहँदा,देशको उन्नति र प्रगतिमा अमुल्य योगदान रहनेछ । देश विकासको बन्धनले सरकार र जनतामा विश्वासको सम्बन्ध बढनेछ । जसले गर्दा निर्वाचित सरकारको आयु लम्बिन सक्नेछ । सहमति जुटाउनुपर्ने हरेक कुरालाई सहमतिको बिन्दुमा ल्याउन आवश्यक छ । राष्ट्रिय धरोहर बोकेका पूर्ननिर्माणका कामहरु जतिसक्दो छिटो सम्पन्न गरिसक्नुपर्नेछ । जनतामा प्रत्यक्ष प्रभाव पर्ने योजना र कामहरु जतिसक्दो चाँडो ल्याउनुपर्नेछ । कुनैपनि काममा समस्या देखिनासाथ तुरुन्त सरकारको उपस्थिति हुनुपर्नेछ । कामहरु अलपत्र पारि राख्ने,भ्रष्टाचार र ढिलासुस्तीको जरोलाई निमिट्यान्न पार्न सरकारले प्रमुख प्राथमिकता दिनुपर्नेछ ।

ढिलासुस्तीले सरकारलाई कमजोर बनाउने हुँदा तीव्र रुपमा काममा पारदर्शीता ल्याउनुपर्नेछ । देशका सबै तहमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज र देशको निर्माण गर्नुपर्नेछ । भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने छोड्न नहुने नीति ल्याउपर्नेछ । नेतृत्वकर्ताले बाटो बिराएमा हस्तक्षेप गर्न युवा अभियान सुरु गर्नुपर्नेछ । यो काममा सम्पूर्ण संचार माध्यमले भरपूर सहयोग गर्नुपर्नेछ । देशमा अब समृद्धिको सपना साकार पार्न सकारात्मक सोच र सोही अनुसारको परिवेशको प्रारम्भ गर्नुपर्नेछ । यो सरकार जनताको लागि जिम्मेवार बनोस । जनमतको प्रतिष्ठालाई बचाउन संघर्षलाई तीव्र बनाउन सकोस । उत्कृष्ट लक्ष्य लिएर कार्य गर्न सकोस । विश्वको गति अनुसार अगाडि बढ्न हरेक तहमा व्यवस्थापन कार्यलाई छिटो छिटो गर्न सकोस । जनताले पनि सरकारलाई दवाब दिइरहनुपर्नेछ । अबको गन्तव्य देशमा आर्थिक समृद्धि नै भएको हँुदा आउने बाधा अड्चनहरु हटाउन सबैले सकारात्मक प्रयास गर्नुपर्नेछ । आर्थिक समृद्धि भनेर मात्रै हुँदैन काम गरेर देखाउन सक्नुपर्दछ । यो सरकारले राम्रा र उच्च गुणस्तरका कामहरु गरेर जनतालाई देखाउन सकोस । नेपालमा भएको विकासको अवस्थालाई विश्व जगतमा चिनाउन सकोस । कामना गरौँ यो सरकारले कामले जनतालाई रिझाउन सकोस हात्ती आयो हात्ती आयो फुस्सा नहोस ।

Share.

Leave A Reply