श्री राधाकृष्ण मन्दिर गैंडाकोट ५ मा आजदेखी महायज्ञ शुरु

0

तिलक सुवेदी /गैंडाकोट
गैंडाकोट नगरपालिक ५ कुसुमनगरस्थित नारायणी नदी किनारमा अवस्थित श्री राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकासका लागि आजदेखी श्रीमद्भागवत ज्ञान महायज्ञ शुरु भएको छ ।

कार्यक्रमका प्रमुख अथिती श्री, श्री, श्री, आचार्य पण्डित जगन्नाथ आर्चायले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । उहाँले र्धमले मानिसलाई अनुशासनमा राख्ने बताउनुभयो । मन्दिरमा निमार्णधिन संरचनाहरु कर्मकाण्डका लागि पनि आवश्यक रहेकाले यस्ता कार्यमा सहयोग गर्न सवैलाई आग्रह गर्नुभयो ।

महायज्ञमा बोल्दै गैडाकोट नगरपालीकाका प्रमुख छत्रराज पौडेलले गैंडाकोट नगरपालीका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुलाई भावि पुस्ताले सम्झने गरी निमार्ण गर्न आफु लागेको बताउनुभएको छ । पौडेलले भाविपुस्तालाई पनि धार्र्मीक शास्त्र सिकाउन जरुरी रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा गैंडाकोट नगरपालीकाकी उप प्रमुख बिष्णुकुमारी कंडेलले प्रवचन सुन्ने मात्र नभइ सुनेपछि जिवनशैली पनि बदल्नु पर्ने बताउनुभयो । उहाँले यस्ता महायज्ञले समाजलाई सकरात्मक दिशातिर लग्ने भएकाले समाजमा यस्ता महायज्ञ आयोजना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख कथा वाचक आचार्य पण्डित श्री किशोरशरण सुवेदीले मनैदेखी गरेको सहयोगले पुण्य मिल्ने बताउँदै उहाँले सहयोगी हात बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा गैंडाकोट वडा नम्बर ५ का वडा अध्यक्ष नवराज कंडेल, लक्ष्मिशरण घिमिरे, फणिनारायण सिग्देल लगायतको उपस्थिती रहेको थियो ।
श्रीमद्भागवत ज्ञान महायज्ञबारे जानकारी गराउँदै श्री राधाकृष्ण मन्दिरका सचिव डिल्लीप्रसाद अम्बैले ९ गतेसम्म महायज्ञ सञ्चालन हुने जानकारी दिनुभयो ।

मन्दिर परिसरमा मानव सेवा हेतु २०७२ सालदेखि निमार्णकार्य अगाडि बढाइएको बहुउद्देश्य धार्मिक भवन क्रियापुत्री कक्ष, सत्सङ्ग कक्ष, योग कक्ष, दिवा वृद्धाश्रम कक्ष, अतिथि कक्ष, धार्मिक सामाजिक सभा सम्मेलन कक्षको बाँकी निर्माण कार्य सम्पन्नार्थ एवं स्नानघाटलाई व्यवस्थित गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको उहाँको भनाई थियो ।

यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका स्पमा विकसित गर्ने गुरुयोजनालाई मूर्त रूप दिन पनि महायज्ञ आयोजना गरिएको यज्ञ सम्पादन मूल समितिका संयोजक मदनभक्त अधिकारीले बताउनुभयो ।
श्रीमद्भागवत ज्ञान महायज्ञमा श्रीधाम वृन्दावनबाट आउनुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त रसिक भागवत वाचक आचार्य पण्डित श्री किशोरशरण सुवेदीज्यूका मुखारविन्दबाट श्रीमद्भागवत महापुराणको भक्तिसङ्गीतमय सारगर्भित दार्शनिक प्रवचन तथा पण्डित श्री ऋषिराम अधिकारीज्यूबाट पाठ परायण हुने छ ।

करिब १८ लाख खर्च हुने महायज्ञबाट करिब १ करोड उठाउने लक्ष्य राखिएको छ । महायज्ञमा सहभागी भई तन, मन, धन, वचन र कर्मले सहयोग गर्न श्री राधाकृष्ण मन्दिरका अध्यक्ष खिमलाल सापकोटाले सबैमा आग्रह गर्नुभयो ।
महायज्ञ सचिवालय सदस्य बिष्णुप्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम मन्दिरका साधारण सदस्य टिकाराम कंडेलले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रम यज्ञ सम्पादन मूल समितिका संयोजक मदनभक्त अधिकारीको अध्यक्षतामा भएको थियो ।

यसअघि बिहान नारायणी नदि किनारबाट जल सहितको कलशयात्रा निकालिएको थियो । कलशयात्रा कालिकाचोक, विजय चोक, कांग्रेश चोक हुदैँ महायज्ञ स्थलसम्म पुगेको थियो ।
गैंडाकोट नगरपालिका ५ कुसुमनगरस्थित नारायणी नदी किनारमा अवस्थित श्री राधाकृष्ण मन्दिरमा बहुउद्देश्यीय धार्मिक भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

Share.

Leave A Reply