श्री इन्भेष्टमेण्ट फाइनान्सद्वारा विद्यार्थीलाई झोला वितरण

0


रजहर, २७ जेठ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी रजहर शाखाले विपन्न विद्यार्थीलाई सहयोग गरेको छ । कम्पनीको २५ औँ रजतवर्षको अवसरमा देवचुली माध्यामिक विद्यालयका विद्यार्थीलाई एक सय थान झोला वितरण गरेको हो । विपन्न विद्यार्थीको शैक्षिक गुणस्तरमा मद्धत मिलोस् भन्ने उद्देश्यले उनिहरुको समस्यामा राहत पुगोस् भन्दै सहयोग गरिएको रजहर शाखा प्रवन्धक हरिप्रसाद सापकोटाले बताउनुभयो । देवचुली नगरपालिकाको समृद्धिका लागि सामाजिक संघसंस्थाले पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने केशरबहादुर क्षेत्रीले बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ललित बहादुर बोहरा, विद्यालयका शिक्षक, सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको श्री इन्भेष्टमेण्टका ऋण सहायक रमेश तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply