श्रीमद् रामानुज वेदविद्याआश्रममा त्रिदिवसीय नवरात्र सांस्कृतिक महोत्सव हुने

0


गैँडाकोट, १८ असोज । गैँडाकोट १ मा रहेको श्रीमद् रामानुज वेद विद्या आश्रममा त्रिदिवसीय नवरात्र सांस्कृतिक महोत्सव हुने भएको छ । श्रीमद् रामानुज वेद विद्या आश्रमको पूर्व विद्यार्थी मञ्चले आयोजना गरेको कार्यक्रम असोज २८ गतेदेखि असोज ३० गतेसम्म सञ्चालन हुने पूर्व विद्यार्थी सुदर्शन अधिकारीले जानकारी दिनुभएको छ । त्रिदिवसीय नवरात्र सांस्कृतिक महोत्सवमा श्रीराम चरित्र नाटक, भजन, सांस्कृतिक नृत्य, श्रीकला समूहको विशेष प्रस्तुती रहने छ ।

Share.

Leave A Reply