श्रीकृष्ण गण्डकी माविमा दरबन्दीको समस्या

0

गैँडाकोट । गैँडाकोट ३ ढोडेनीमा रहेको श्रीकृष्ण गण्डकी माध्यामिक विद्यालयमा साढे ४ सय विद्यार्थी अध्ययनरत रहेका छन् । साढे ४ सय विद्यार्थीलाई सुन्दर सपना देखाउने विद्यालय नै धेरै समस्याबाट प्रभावित छ । बाटोको समस्या, आर्थिक समस्या, भौतिक पूर्वाधारको समस्या मात्र होइन शिक्षकको दरबन्दी नहुँदा वर्षेनी लाखौँ रकम जुटाउन धौधौ छ । पूर्वपश्चिम राजमार्गबाट ९÷१० किलोमिटर उत्तर तर्फ जंगलको बीचमा रहेको ढोडेनी गाउँमा अवस्थित छ, श्रीकृष्णगण्डकी माध्यामिक विद्यालय । जहाँ साढे ४ सय विद्यार्थी सुन्दर सपनाको खोजीमा अध्ययनरत रहेका छन् । माध्यामिक विद्यालयको रुपमा सञ्चालित यस विद्यालयमा निमावि र मावि तहमा कुनै पनि दरबन्दी नहुँदा शिक्षकको व्यवस्थापन समस्या बनेको छ । प्राविको स्थायी दरबन्दी ३ जना, प्राविको राहत ३ जना, निमावि राहत १ जना र निजिस्रोतबाट ७ शिक्षक रहेका छन् । वर्षेनी निजिस्रोतका शिक्षकको व्यवस्थापनका लागि करिब १६ लाख जति व्ययभार विद्यालयले धौधौले जुटाउने गरेको विद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारीले बताउनुभयो ।
कक्षा ५ पछि पढ्नका लागि ९÷१० किलोमिटरको जंगलको बाटो हिंडेर गैँडाकोटको राजमार्गमा आउनुपर्ने अथवा तनहुँ जानुपर्ने बाध्यता हटाउन निमावि र मावि कक्षा सञ्चालन गरिएको यस विद्यालयमा २ वर्ष देखि एसईई परिक्षामा विद्यार्थी सहभागि हुँदै आएका छन् । यस वर्ष पनि कक्षा १० मा अध्ययनरत विद्यार्थी एसईई पछि आफ्नै गाउँर्मै पढ्न पाए हुन्थ्यो भन्ने चाहना राख्छन् । तर विद्यालयको दरबन्दी विना कक्षा ११ र १२ सञ्चालन गर्नै नसकिने विद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारीको भनाइ छ ।
शिक्षक दरबन्दि थप भएमा अध्ययन अध्यापनमा सहज हुने कृष्ण माध्यामिक बिद्यालयकी शिक्षीका श्रीमाया गुरुङको भनाई छ । शिक्षक दरबन्दि थप भएमा अध्यापनमा पनि सहज हुने श्रीमाया गुरुङ बताउनुहुन्छ ।  बिद्यार्थी अनुपातको शिक्षक दरबन्दि न्युन रहेकाले गुणस्तरिय शिक्षा दिन नसकेको शिक्षीका निशा अधिकारीले बताउनुभयो ।
श्रीकृष्ण गण्डकी माध्यमिक विद्यालय जहाँ २२८ जना छात्रा र २ सय १७ जना छात्र अध्यनरत रहेका छन् । जनजातिको बाहूल्य रहेको यस समुदायमा विद्यालयमा पनि जनजाति विद्यार्थी ४०७ जना रहेका छन् । दलित र ब्राम्हण क्षेत्री समुदायबाट १९÷१९ जना विद्यार्थी रहेका छन् । शिक्षक र कक्षाकोठाको अभावले सेक्सन विभाजन गर्नुपर्ने आवश्यकता भएपनि बाध्य भई एउटै कक्षामा कोचिएर पढ्नुपर्ने व्यवस्था छ । यतिमात्र होइन कम्म्युटर ल्याबका लागि पनि भवन अभाव रहेको विद्यालयका प्रअ सूर्यनाथ तिवारीको भनाइ छ ।
भौगोलिक समस्याका कारण विकट क्षेत्र ढोडेनीमा अवस्थित श्रीकृष्ण गण्डकी माविको साना साना समस्या समाधानले त्यँहाका समुदायको उज्जवल भविष्य र समृद्धिको आधार कोर्न सक्छ । मावि र निमावि तहमा करिब ४ जना स्थायी दरबन्दी भए विद्यालय सञ्चालनमा सहज हुने विद्यालयको विश्वास रहेको छ । तसर्थ यस्ता दीर्घकालिन रुपमा प्रभाव पार्ने काममा स्थानीय सरकार र सम्बन्धित निकायले ध्यान दिनेकी ।
यस विद्यालयमा शिक्षा नियमावलीको नियमअनुसार १४ जना शिक्षकको दरबन्दी आवश्यक हुने गैँडाकोट शिक्षा शाखाका उपसचिव राजु बानियाले बताउनुभयो । वानियाका अनुसार शिक्षा नियमावलीले प्राथमिक तहमा ५ जना, निम्न माध्यामिक तहमा ४ जना, माध्यमिक तहमा ५ जना शिक्षक आवश्यक हुने बताएको छ । दरबन्दी नेपाल सरकारले उपलब्ध गराउनुुपर्ने हो तर अहिले स्थानीय तहमा दरबन्दीदिने अधिकार नभएको वानियाको भनाइछ । शिक्षा विभागबाट एक वर्षका लागि एक शिक्षकका लागि अनुदान श्रीकृष्ण गण्डकीले  प्राप्त गरेको उपसचिव बानियाले बताउनुभयो । ढोडेनीमा मात्र नभएर नवलपरासीमा यस्ता विद्यालयल धेरै रहेको बानियाले बताउनुभयो । यस सन्दर्भमा शिक्षा विभागमा हामीले दरबन्दी आवश्यक रहेको छ भनेर पत्राचार गरिसकेको अवस्था रहेको वानियाले बताउनुभयो । दरबन्दी प्राप्त नभएसम्म गैँडाकोट नगरपालिकाको तर्फबाट पनि सहयोग रहेको बानियाले बताउनुभयो ।

Share.

Leave A Reply